‘डा. संजीव गुलाटी लाई उत्कृष्ट सेवाको लागि एएनआईओ अवार्ड’


नयाँ दिल्ली– यस वर्ष अमेरिकन नेफ्रोलोजिष्ट अफ इन्डियन ओरिजिन ले उत्कृष्ट सेवा का लागि डा संजीव गुलाटीलाई एएनआईओ अवार्ड २०२४  प्रदान गरेकोछ।

डा. संजीव गुलाटी हाल फोर्टिस अस्पताल, नयाँ दिल्लीमा नेफ्रोलोजीको कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् । उनी इन्डियन नेफ्रोलोजी सोसाइटीको गभर्निङ बडीको सदस्य हुन र इन्डियन नेफ्रोलोजी सोसाइटीका पूर्व अध्यक्ष एवं भारतीय अङ्ग प्रत्यारोपण समाजका पूर्व उपाध्यक्ष समेत हुन ।

डा.गुलाटी यस अघि सञ्जय गान्धी पोष्ट ग्राजुवेट इन्स्टिच्युट अफ मेडिकल साइन्समा नेफ्रोलोजीका प्राध्यापक थिए । उनले म्याकमास्टर युनिभर्सिटी, ह्यामिल्टन, क्यानडामा नेफ्रोलोजीको एसोसिएट प्रोफेसरको रूपमा समेत काम गरेका छन । उनले २५० भन्दा बढी पेपरहरु इन्डेक्स्ड साइन्टिफिक जर्नलमा प्रकाशित गरेका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!