अनुसन्धान

‘मधुमेहका बिरामीको घाउ निको पार्न पेटको बोसो सहयोगी बन्दै’


नयाँ दिल्ली– भारत, मध्य प्रदेशको इन्दौर स्थित एमजीएम मेडिकल कलेज अन्तर्गत एमवाई अस्पतालको शल्य चिकित्सा विभागका डाक्टरहरूले यस्तो अनुसन्धान गरेका छन्, जुन मधुमेहका कारण घाउ ढिलो निको हुने बिरामीका लागि क्रान्तिकारी साबित हुन सक्छ ।

मधुमेहका कारण खुट्टाको घाउ चाँडो निको नहुने बिरामीमा उनको पेटको बोसो निकालेर त्यस वाट स्टेम सेलहरू अलग गरिन्छ र पछि त्यो स्टेम सेल शरीरको घाउ भएको ठाउँमा लगाइन्छ । यसले गर्दा नयाँ रक्त नलीहरू छिटो बन्न थाल्छ र घाउ छिट्टै निको हुन थाल्छ ।

अस्पतालको शल्यक्रिया तथा प्लास्टिक सर्जरी विभागका डा सचिन बर्माको नेतृत्वमा रेजिडेन्ट डा. डेनियल राज द्वारा हालसम्म ३० जना बिरामीहरूमा यसको परीक्षण गरि सकिएको छ, जुन सफल भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!