चिकित्सक संघले गर्यो कारबाहीको माग

‘राजधानीमा दुई महिला डाक्टरलाई कुटपिट, अस्पताल तोडफोड’


काठमाडौं – नेपाल चिकित्सक संघले सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विनीता प्रधान र डा.पूजा शाह माथि कुटपिट एवं अस्पताल तोडफोडको भर्त्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ । उक्त घटना गत सोमवार वैशाख १७ गते भएको थियो ।

चिकित्सक संघले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्य को भत्सर्ना र निन्दा समेत गरेको छ ।

उपचारको क्रममा कुनै त्रुटि भएको शंका लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदा हुँदै स्वास्थ्य संस्था माथि नै आक्रमण गर्ने कार्यले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको समेत संघले जनाएको छ।

काठमाडौं मेडिकल कलेजमा भएको तोडफोड र कुटपिटको घटनामा संलग्न लाई अविलम्ब छानबिन गरी ’स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९’ अनुसार कानुनी कारबाही गर्न चिकित्सक संघले महासचिव डा. सन्जीव तिवारी द्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत सरकार सँग माग गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!