‘मुटु रोगको जोखिम कारक न्यून र मध्यम आय भएका मुलुक हरूमा बढी’

याे अध्ययनको निष्कर्ष ले एक साझा धारणाको खण्डन गर्दछ कि गरिबीमा बाँचिरहेका मानिसहरूलाई शारीरिक परिश्रम सँग सम्बन्धित जीवन शैली जस्तो वातावरणीय कारक मुटु रोगको जोखिमको कारकहरूबाट जोगाउँछ ।


एउटा नयाँ अध्ययन अनुसार न्यून र मध्यम आय भएका मुलुक हरूमा गरिबीमा बस्ने मानिस हरूलाई उच्च रक्तचाप र मधुमेह जस्ता अवस्थाहरू हुने सम्भावना बढी हुने देखिएको छ, जसले मुटु रोग निम्त्याउन सक्छ ।

अनुसन्धान कर्ताहरूले गरिबी र मुटु रोग (कार्डियो भास्कुलर डिजिज) बीचको सम्बन्ध जाँच गरे । उक्त अध्ययनको निष्कर्षहरूले एक साझा धारणाको खण्डन गर्दछ कि गरिबीमा बाँचिरहेका मानिसहरूलाई शारीरिक परिश्रम सँग सम्बन्धित जीवन शैली जस्तो वातावरणीय कारक मुटु रोगको जोखिमको कारकहरूबाट जोगाउँछ ।

यो अध्ययनको यो निष्कर्ष जर्नल नेचर ह्युमन बिहेभियर मा हालै प्रकाशित भएको छ । अनुसन्धान कर्ताहरूले न्यून र मध्यम आय भएका देशहरूमा मुटु रोगको जोखिम बढी रहेको पत्ता लगाएका छन् ।

टोलीले जोखिमका कारक उच्च रक्तचाप, मधुमेह, धूम्रपान, मोटो पना र डिस्लिपिडेमिया (रगतमा असामान्य लिपिड स्तर) क्रमशः १७.५ प्रतिशत, ४ प्रतिशत, १०.६ प्रतिशत, ३.१ प्रतिशत र १.४ प्रतिशत को बीचमा रहेको थियो ।

अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीको नेतृत्वमा गरिएको यो अन्तर्राष्ट्रिय अध्ययनले ७८ देशका १०० भन्दा बढी राष्ट्रिय प्रतिनिधि घर परिवारको सर्वेक्षणको तथ्यांक विश्लेषण गरेको थियो ।

३० लाखभन्दा बढी मानिसको तथ्याङ्कलाई समावेश गर्दै अनुसन्धान कर्ताहरूले अनुमान गरेका छन् कि यसले विश्वव्यापी जनसङ्ख्याको ५३ प्रतिशत र भारत लगायत न्यून र मध्यम आय भएका देशहरूमा बस्ने ६४ प्रतिशतलाई समेटेको छ ।

स्ट्यानफोर्ड युनिभर्सिटीका मेडिसिनका सहायक प्राध्यापक पास्कल गेल्डसेटजरले भने कि यो अध्ययनले विश्वव्यापी समाजका गरिब वर्गका मानिसहरूका लागि स्वास्थ्य परिणामहरू सुधार गर्न महत्वपूर्ण अनुभव जन्य आधार प्रदान गर्दछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!