कीटनाशक पेन्ट, औँलो लगायत लामखुट्टे जन्य रोग रोक्न प्रभावकारी


एउटा नयाँ अनुसन्धान अनुसार घरमा लगाउने पेन्टले यलो फिभर को लामखुट्टे मार्न प्रभावकारी पाइएको छ । यो ‘वेस्टा’ पेन्टले कोटिंग गरे पछि लामो समय सम्म थोरै मात्रामा कीटनाशक छोड्छ ।

अनुसन्धान कर्ता हरूले यस रङ्गलाई घरेलु स्तरमा औलो लाई रोकथाम र नियन्त्रणको लागि एक आशाजनक रणनीतिको रूपमा देखाएका छन् ।

फ्रन्ट्रेयर्स इन ट्रोपिकल डिजीज जर्नलमा प्रकाशित अध्ययनले यो पेन्ट डेंगु, चिकनगुनिया, जीका ज्वरो लगायतका लाम्खुट्टेबाट फैलिने कुनै पनि भेक्टर बोर्न (कीटजन्य) रोग विरुद्ध प्रभावकारी हुन सक्ने देखाएको छ ।

अनुसन्धान को नेतृत्व गर्ने अफ्रिकाको केप भर्डेको जीन पियागेट युनिभर्सिटीका अन्वेषकहरूले भने कि पेन्ट दिगो र वातावरण मैत्री थिए र तिनिहरूले परीक्षण गरिएका क्षेत्रहरूमा लगभग सबै जनसङ्ख्यामा यसले स्वीकृति पाए ।

अध्ययनका प्रमुख लेखिका लारा फेरेरो गोमेजको अनुसार वेस्टा नामक कीटनाशक पेन्टल पश्चिमी अफ्रिकी मुलुक केप वर्डे को प्रिया सहरमा यलो फिभर को लामखुट्टे एडीस एजेप्टाई लाई कम्तीमा एक वर्षसम्म मार्न सक्षम देखिएको छ ।

अध्ययनको लागि, प्रशिक्षित स्वयंसेवकहरूले २ सय २८ घरहरू मा उक्त पेन्ट लगाएका थिए जो विशेष रूपले लामखुट्टे वाट फैलिने रोग हरू प्रति संवेदनशील थियो ।

अनुसन्धान कर्ताहरूले पाए की वेस्टा फर्मुलेसन पेन्टिङ को छैठौँ र १२ औ महिनामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुरूप थियो भने अन्य दुई फर्मुलेसन छैठौँ महिनामा सीमा भन्दा तल झरेको थियो ।

अनुसन्धानकर्ता हरूको अनुसार पेन्टले त्यहाँ का बासिन्दाहरूको स्वास्थ्यमा कुनै गम्भीर प्रभाव पारेन ।तिनिहरूमध्ये १० प्रतिशतले आँखा वा नाकमा हल्का जलन र ४ प्रतिशतले टाउको दुख्ने गुनासो गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!