खाना मा २२ प्रतिशत भन्दा बढी प्रोटिन धमनीको लागि खतरा


एउटा अनुसन्धान अनुसार दैनिक आहारमा २२ प्रतिशत भन्दा बढी प्रोटिनको सेवनले एथेरोस्क्लेरोसिसको जोखिम बढाउन सक्छ । एथेरोस्क्लेरोसिसले धमनीका पर्खालहरूमा बोसो, कोलेस्ट्रोल र अन्य पदार्थहरू निर्माण, जसले धमनीहरूलाई अवरोध गर्छ ।

नेचर मेटाबोलिजम जर्नलमा प्रकाशित अनुसन्धानको निष्कर्ष अनुसार मुसा सँगै मानिसमा गरिएको सानो संयुक्त परीक्षणमा अनुसन्धान कर्ताहरूले आहारमा २२ प्रतिशत भन्दा बढी प्रोटिन हुनुले प्रतिरक्षा कोशिकाहरूलाई बढी सक्रिय बनाउँछ, जसले एथेरोस्क्लेरोसिस प्लाकको निर्माणमा भूमिका खेल्छ ।

अनुसन्धानमा देखियो की ल्युसिन नामक एमिनो एसिडले यसको असंगत भूमिका ले एथेरोस्क्लेरोसिसको लागि मार्ग प्रशस्त गर्दछ ।  युनिभर्सिटी अफ पिटर्सबर्ग स्कुल अफ मेडिसिनका कार्डियोलोजीका प्राध्यापक बबाक रजानीका अनुसार अध्ययनले प्रोटिन राम्रो मेटाबोलिजमको लागि रामवाण नभएको बताए ।

सन २०२० मा, प्रयोगशालाको अनुसन्धानमा उच्च प्रोटिनको सेवनले मुसामा एथेरोस्क्लेरोसिसको जोखिम बढाउने रजानीले पाएका थिए ।  अर्को अध्ययनमा, कोलम्बियाको मिसौरी विश्वविद्यालयमा मेटाबोलिजम विशेषज्ञ बेटिना मिटेन्डोर्फर को सहयोगमा मानव परीक्षण गरियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!