रुम्याटोइड गठिया को उपचार सँगै जोखिम वाट समेत जोगाउँछ जैविक औषधि


अनुसन्धान कर्ताहरूले रुम्याटोइड आर्थाइटिस (गठिया रूप, जोर्नी सुन्निने) को उपचार गर्न प्रयोग गरिने जैविक औषधिले यस रोगको जोखिमबाट समेत जोगाउन सक्ने पाएका छन् । यो अनुसन्धानको ट्र्रायल को निष्कर्ष ल्यान्सेटमा प्रकाशित भएको छ ।

संसार भरि लाखौँ मानिसहरू रुम्याटोइड गठियाबाट पीडित छन् । अटोइम्युन यो रोगले शरीरको प्रतिरक्षा कोशिकाहरू ले गल्ती ले स्वस्थ कोशिकाहरू मा आक्रमण गर्छ । जसले जोर्नी दुख्ने र सुन्न्याइ को साथै शरीरका अन्य भागहरू पनि प्रभावित हुन्छन् ।

सामान्य गठियामा जोर्नी दुख्ने गर्छ भने रुम्याटोइड आर्थराइटिसमा जोर्नी सँगै अन्य अंग पनि प्रभावित हुन्छ । जसले गर्दा असहनीय दुखाइ हुन्छ । यो सामान्यतया मध्यम उमेरमा सुरु हुन्छ, तर पीडितहरूको संख्या मा युवाहरू समेत बढ्दै गएका छन् ।

बेलायतको किंग्स कलेज लन्डनका अनुसन्धान कर्ताहरूले उच्च जोखिम को यो रोगमा जैविक औषधिको प्रभाव बुझ्न २ सय १३ बिरामीहरूमा एक वर्ष लामो परीक्षण गरे । यसमा १८ वर्ष भन्दा माथिका यस्ता सहभागीहरू लाई समावेश गरियो जसमा जोर्नी दुखाइको प्रारम्भिक लक्षणहरू थिए तर कुनै सुन्न्याइ थिएन ।

आधालाई औषधि र आधालाई प्लेसबो द्वारा उपचार गरिएको थियो । यसपछि उपचार रोकियो । १२ महिना पछि, प्लेसबो लिनेहरू मध्ये २९ प्रतिशतको तुलनामा, एबेटासेप्ट लिनेहरू मध्ये ६ प्रतिशतमा मात्र गठिया विकसित भयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!