देशभरिका स्वास्थ्य निकायमा आइतबार आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा ठप्प गर्ने घोषणा


काठमाडौं– नेपाल चिकित्सक संघ ले आइतवार देश भरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवाहरू बन्द गर्ने भएको छ ।

चिकित्सक संघले शनिवार साँझ विज्ञप्ति जारी गर्दै आइत बार देशभरिका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकको सेवा सञ्चालन नहुने जनाएको हो ।

सरकारलाई गत बिहीवार नै चिकित्सक संघले दोषी माथि उचित कारबाही नभइ आकस्मिक बाहेकको सबै सेवा ठप्प गर्ने ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

गत भदौ २७ गते हेटौँडा स्थित सन्चो अस्पतालमा डा. विकाश थापा र डा. प्रशान्त बिडारी माथि भएको सांघातिक आक्रमणमा संलग्न सबै दोषीहरूको तुरुन्त छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनु पर्ने माग चिकित्सक संघ को छ ।

संघका महासचिव सन्जीव तिवारीको अनुसार चिकित्सक आक्रमणमा दुई दर्जन भन्दा बढी व्यक्ति संलग्न भए पनि हाल सम्म मात्र ४ जना लाई समातिएको बताए ।

देशभरिका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भय रहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने माग समेत चिकित्सक हरूले गरेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!