वीर अस्पताल को सबै ७०० जनरल बेडमा प्रति दिन २०० रुपियाँ शुल्क तिर्नु नपर्ने

‘वीर मा बिरामीको सबै भन्दा बढी चाप हुनुको मुख्य कारण नै निजी र केही सरकारी अस्पताल मा शुल्क बढी हुनु हो’


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत ले बिर अस्पताल को सबै सात सय जनरल बेड लाई सबै को लागि निःशुल्क बनाएका छन् । शनिवार देखी अस्पतालको जनरल बेडको लागि प्रति दिन दुई सय रुपियाँ सेवा शुल्क तिर्नु पर्दैन । यस अघि वीर मा कुल बेडको १० प्रतिशत निःशुल्क थियो । जनरल बेडको लागि प्रति दिन २ सय रुपियाँ सेवा शुल्क तिर्नु पर्थ्यो ।

स्वास्थ्य मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को सहकुलपति बस्नेतको निर्देशनमा न्याम्सको कार्यकारी परिषदले जनरल बेड निःशुल्क गरेको हो ।

बिर अस्पतालका का निर्देशक डा.सन्तोष पौडेलले शनिवार देखी जनरल बेड निःशुल्क हुने बताए । डा.पौडेलले उक्त बेड निःशुल्क गर्दा वर्षेनी करिब ७ करोड रुपियाँ स्वास्थ्य मन्त्रालयले शोध भर्ना दिने समेत जनाए ।

न्याम्सको रेक्टरडा.लोचन कार्कीले वीरमा स्थापना काल देखी जनरल बेड निःशुल्क रहे पनि पछिल्लो समय अस्पताललाई आत्मनिर्भर बनाउनको लागि जनरल बेडमा २४ घण्टाको लागि २ सय रुपियाँ शुल्क तोकिएको थियो । अस्पतालको बेड कहिले पनि खाली नहुने जनाउँदै डा.पौडेल भन्छन–‘हामी कहाँ सबैभन्दा बढी आउने बिरामी विपन्न वर्गका हुन, यस पछि मध्यम वर्गकाहरु हुन्छन् ।’

उनको अनुसार वीरमा बिरामीको सबैभन्दा बढी चाप हुनुको मुख्य कारण नै निजी र केही सरकारी अस्पताल मा शुल्क बढी हुनु हो । वीरमा जम्मा ७ सय जनरल र केविन , आइसीयु , पोष्ट अपरेटिभ,एचडीयु लगायतका गरी २ सय ६० वटा बेड रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!