सबै अस्पताल लाई कुल शय्या को १० प्रतिशत मा निःशुल्क उपचार गर्न निर्देशन


काठमाडौं– स्वास्थ्य मन्त्रालय सबै निजी , सामुदायिक र सरकारी अस्पताल लाई उपचारको लागि आउने विपन्न , असहाय, बेवारिस बिरामी को लागि कुल शय्या को १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।

मन्त्रालय को गुणस्तर मापन तथा नियमन महाशाखा ले आइतवार पत्र जारी उक्त निर्देशन दिएको हो । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको गत शुक्रबार भएको मन्त्री स्तरीय निर्णय अनुसार अर्को व्यवस्था नभए सम्मको लागि हरेक अस्पताल ले कुल क्षमताको १० प्रतिशत गरिब असहाय लाई निःशुल्क उपचार गर्न भनिएको छ ।

स्वास्थ्य मन्त्रालय द्वारा जारी पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, र बेवारिस बिरामी को सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालय वाट गर्ने गराउने उल्लेख छ । स्थानीय बडा को सिफारिस को साथै यस अघि सरकार को निकाय वाट जारी गरिबी परिचय पत्र समेत लाई आधार मानी अस्पतालहरूले स्वीकृत कुल शय्या को १० प्रतिशत शय्यामा बिरामीको निःशुल्क उपचार अनिवार्य रूपमा सबैअस्पतालहरूलाई गर्न पत्रमा भनिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!