स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की सहित रास्वपा मन्त्रीहरुले राजीनामा वुझाए


काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरे सँगै स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की सहित उक्त पार्टीका मन्त्रीहरूले प्रधानमन्त्री पुष्प कमल दहाल समक्ष राजीनामा बुझाएका छन् ।

रास्वपाको आइतबार बिहानै बसेको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको थियो । रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

रास्वपा बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. कार्कीले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट सांसद पद खारेज गरिएका रास्वपाका सभापति रवि लामिछाने ले केही दिन देखि गृह मन्त्रालय पाउनु पर्ने अडान राख्दै आए पनि सत्ता घटक दल तयार नहुदा उनको पार्टीका मन्त्री सरकार बाट वाहिरिएका हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!