अनुसन्धान

एण्टिबायोटिक प्रयोगले सिजोफ्रेनियाको जोखिम घटाउन सक्छ


एक नयाँ अध्ययनले देखाएको छ कि सामान्य रूपमा प्रयोग हुने एण्टिबायोटिक ‘डक्सीसाइक्लिन’ ले वयस्कहरूमा सिजोफ्रेनिया विकास हुने सम्भावना कम गर्न सक्छ। यो औषधि प्रायः श्वास प्रश्वास प्रणाली र छाला सम्बन्धी जीवाणु संक्रमणको उपचारमा प्रयोग गरिन्छ। अघिल्ला अनुसन्धानहरूले पनि यसले मस्तिष्कका कोषहरूमा हुने सुजन घटाउन मद्दत गर्ने देखाएका थिए।

सिजोफ्रेनिया एक गम्भीर मानसिक रोग हो जसमा व्यक्तिलाई भ्रम, अनियन्त्रित सोच र असामान्य व्यवहार जस्ता लक्षण देखिन्छन्। बेलायत, फिनल्यान्ड र आयरल्यान्डका अनुसन्धानकर्ताहरूले १९८७ देखि १९९७ बीच जन्मिएका ५६ हजार ३ सय ९५ वयस्कहरूको तथ्यांक अध्ययन गरेका थिए । यो अध्ययन फिनल्यान्डको राष्ट्रिय स्वास्थ्य रजिस्टरका विवरणमा आधारित थियो।

नतिजा अनुसार किशोरावस्थामा डक्सीसाइक्लिन प्रयोग गरेका व्यक्तिहरूमा अन्य एण्टिबायोटिक प्रयोगकर्ताहरूको तुलनामा सिजोफ्रेनिया हुने जोखिम ३० देखि ३५ प्रतिशत कम पाइयो। यो अध्ययनको निष्कर्ष अमेरिकन जर्नल अफ साइकियाट्री मा प्रकाशित गरिएको छ, जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

बेलायतको एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक इयान केलेहरका अनुसार मस्तिष्कमा ‘सिन्याप्टिक प्रूनिङ’ एक सामान्य जैविक प्रक्रिया हो, जसले मस्तिष्कका कोषहरूबीचका असम्बद्ध सम्बन्ध हटाएर तिनलाई व्यवस्थित गर्छ ।

तर सिजोफ्रेनियामा यो प्रक्रिया अत्यधिक सक्रिय हुन्छ, जसका कारण मस्तिष्कका महत्त्वपूर्ण सञ्जालहरू विच्छेद भई संचार प्रणाली कमजोर हुन्छ, जसरी विद्युत तारहरू कटिँदा सम्पर्क टुट्छ, त्यसरी नै मस्तिष्कका सञ्जालहरू पनि अवरुद्ध हुन्छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!