चिकनगुनिया संक्रमणमा सूजन घटाउन लामखुट्टेको र्‍याल सहायक


सिंगापुरका वैज्ञानिकहरूले गरेको एक नयाँ अध्ययनले देखाएको छ कि लामखुट्टेको र्‍याल मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) लाई चिकनगुनिया संक्रमणको समयमा सन्तुलित राख्न सहयोग गर्न सक्छ।

नेचर कम्युनिकेशन्स मा प्रकाशित यो अध्ययनलाई, यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययन अनुसार एडीज मच्छरको लारमा पाइने जैविक सक्रिय पेप्टाइड सियालोकिनिन नामक तत्वले प्रतिरक्षा कोषहरूमा रहेको न्युरोकाइनिन रिसेप्टर सँग प्रतिक्रिया जनाउँछ र मोनोसाइट सक्रियता दबाउँछ। यसले शरीरमा हुने अत्यधिक सूजन घटाउँछ र भाइरसको प्रारम्भिक प्रसारलाई नियन्त्रण गर्न मद्दत गर्छ।

अनुसन्धानकर्ता डा. स्यु वाई फोङका अनुसार, लामखुट्टेको र्‍याल प्रोटिनहरू केवल भाइरसका वाहक मात्र होइनन्, तिनीहरू मानव शरीरको रोग प्रतिरोधात्मक प्रणालीका सक्रिय नियामक पनि हुन्।

उनीहरूका अनुसार, सियालोकिनिन वा यसको रिसेप्टरसँगको अन्तर्क्रिया लक्षित गरेर सूजन घटाउने र चिकनगुनिया लगायत अन्य आर्बोभाइरल संक्रमणहरूका असर सुधार्ने नयाँ उपचार विधि विकास गर्न सकिने सम्भावना देखिएको छ।

चिकनगुनिया भाइरस एडीज लामखुट्टेबाट सर्ने रोग हो, जसले प्रायः जोर्नीमा सूजन र तीव्र पीडा उत्पन्न गर्छ। अध्ययन टोलीले लामखुट्टेको र्यालमा पाइने सियालोकिनिन लाई यस्तो संक्रमणमा शरीरले कसरी प्रतिक्रिया जनाउँछ भन्ने कुरामा निर्णायक कारकका रूपमा पहिचान गरेको छ।

सियालोकिनिनले प्रतिरक्षा प्रणाली भित्रको न्युरोकाइनिन रिसेप्टरसँग अस्थायी रूपमा बाँधिँदै संक्रमणको सुरुवाती चरणमा सूजन नियन्त्रणमा राख्ने भूमिका खेल्ने कुरा अध्ययनले पुष्टि गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!