स्ट्रोक वा हृदयघात अचानक हुँदैन, अनुसन्धानले खोलेको तथ्य


काठमाडौँ – नयाँ अध्ययनले देखाएको छ कि हार्ट अट्याक वा स्ट्रोक अचानक बिना चेतावनी हुने भन्ने धारणा गलत छ। अनुसन्धान अनुसार, ९९ प्रतिशत बिरामीमा यस्ता घातक हृदयघात हुनु अघि कम्तीमा एक प्रमुख जोखिम कारक अवश्यै हुन्छ।

यो अध्ययन अमेरिकाको नर्थवेस्टर्न मेडिसिन र दक्षिण कोरियाको योंसेई विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रुपमा गरेका हुन्। अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा अध्ययनको नतिजा प्रकाशित गरिएको छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।

प्रोफेसर डा. फिलिप ग्रिनल्याण्डका अनुसार, ‘हृदयघात वा स्ट्रोक जस्ता गम्भीर परिणाम आउनु भन्दा पहिले मानिसहरूमा एक वा धेरै गैर आदर्श जोखिम कारकहरू भेटिन्छन्। अब हाम्रो ध्यान यी नियन्त्रण गर्न सकिने जोखिम कारकलाई व्यवस्थापन गर्ने तर्फ हुनु पर्छ, नकि सजिलै उपचार गर्न नसकिने कारणहरू खोज्नमा।’

अनुसन्धान दलले उच्च रक्तचाप, कोलेस्ट्रोल, रक्तमा चिनीको मात्रा (ब्लड सुगर) र तमाखु सेवन गरी चार प्रमुख जोखिम कारक पहिचान गरेको छ।

अध्ययनका लागि ९३,४१,१०० कोरियाली वयस्क र झन्डै ६८०३ अमेरिकी नागरिकका स्वास्थ्य तथ्यांक दुई दशक सम्म विश्लेषण गरिएको थियो। अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा प्रकाशित नतिजा अनुसार, हृदय सम्बन्धी समस्या देखा पर्नु अघि ९९ प्रतिशत व्यक्तिमा कम्तीमा एउटा जोखिम कारक पाइयो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!