अनुसन्धान

सातामा २ अण्डा : अल्जाइमर, बिर्सने रोग डिमेन्सियाको खतरा आधा घट्छ


अनुसन्धान अनुसार, हप्तामा कम्तीमा दुई अण्डा खानाले मस्तिष्क स्वस्थ रहन्छ र सम्झने क्षमता कमजोर हुने सम्भावना घट्छ। पहिले कोलेस्ट्रोलका कारण अण्डा खाने बारे शंका गरिएको थियो, विशेष गरी मुटुका बिरामीमा, तर ताजा अध्ययनले देखाएको छ कि नियमित रूपमा अण्डा खाने व्यक्तिहरूमा अल्जाइमर र बिर्सने रोग (डिमेन्सिया)को खतरा निकै कम हुन्छ।

‘द जर्नल अफ न्यूट्रिशन’ मा प्रकाशित अध्ययनमा १,०२४ वृद्धहरू (औसत उमेर ८१.३८ वर्ष) लाई समेटिएको थियो। द जर्नल अफ न्यूट्रिशन मा यो अध्ययन पढ्नको लागि यहाँ क्लिक गर्नुस्। करिब ६.७ वर्ष सम्मको अनुगमनमा २८० जनामा (२७.३%) क्लिनिकल रूपमा अल्जाइमर डिमेन्सिया पाइएको थियो। तर, हप्तामा एक भन्दा बढी अण्डा खाने व्यक्तिहरूमा अल्जाइमर हुने सम्भावना आधा घटेको देखियो। हप्तामा दुई वा बढी अण्डा खानेहरूको हकमा पनि जोखिम ४७% सम्म कम पाइयो।

अण्डामा पाइने कोलीन मस्तिष्कका लागि अत्यन्तै आवश्यक पोषक तत्व हो। यसले एसिटाइलकोलाइन नामक तत्व बनाउन सहयोग गर्छ, जसले सम्झने शक्ति र सोच्ने-सम्झने क्षमता कायम राख्छ। अनुसन्धानले देखाएको छ कि कोलीनले अल्जाइमर रोक्न ३९% सम्म मद्दत गर्छ। त्यस बाहेक, अण्डामा हुने ओमेगा ३ फ्याटी एसिड र ल्युटिन मस्तिष्कमा हुने सुजन र क्षतिलाई कम गर्न सहयोगी हुन्छन्।

अण्डाको यो फाइदाको जैविक प्रमाण छ।अनुसन्धानको उप समूह अन्तर्गत निधन भएका ५७८ जनाको मस्तिष्क को पोस्टमार्टम (परीक्षण) गर्दा पनि अण्डा खाने बानी भएकाहरूमा अल्जाइमर रोग सँग सम्बन्धित मस्तिष्क क्षति कम देखियो। अर्थात् अण्डा खानेहरूको दिमागमा अल्जाइमर सँग सम्बन्धित हानिकारक प्लाकहरू (पाइल्स) कम भएको देखियो।

अनुसन्धान कर्ताहरूका अनुसार, अण्डा बारम्बार सेवन गर्ने बानीले अल्जाइमर डिमेन्सिया र त्यस सँग सम्बन्धित मस्तिष्क क्षति हुने सम्भावना घटाउँछ। कोलीन यस सम्बन्धमा प्रमुख कारक बनेको देखिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!