अनुसन्धान

फ्रेन्च फ्राइजले बढाउन सक्छ मधुमेहको जोखिम


फास्ट फुडको बानीले हामीलाई धेरै प्रकारका रोगको जोखिममा पार्छ। हालै ब्रिटिश मेडिकल जर्नल मा प्रकाशित एक अध्ययनका अनुसार, हप्तामा तीन प्लेट फ्रेन्च फ्राइज खाँदा टाइप-२ मधुमेह हुने सम्भावना करिब २० प्रतिशतले बढ्न सक्छ।

हार्वर्ड र क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताले २ लाख ५ हजार १ सय ७ जना सहभागीको तथ्यांक विश्लेषण गरेका थिए। अध्ययनमा सहभागी हुने बखत ती सबैमा मधुमेह, मुटु रोग वा क्यान्सर थिएन। ४० वर्षको फलो अप अवधिमा २२ हजार २ सय ९९ व्यक्तिमा टाइप-२ मधुमेह विकास भएको पाइएको छ।

यद्यपि आलुमा फाइबर, भिटामिन–सी र म्याग्नेसियम जस्ता पोषक तत्व हुन्छन्, तर यसमा स्टार्चको मात्रा धेरै हुने र ग्लाइसेमिक इन्डेक्स उच्च हुने भएकाले मधुमेहको जोखिम सँग सम्बन्धित मानिन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार, अघिल्ला अध्ययनहरूले आलु कसरी तयार पारिएको हो वा कुन खानेकुरा सँग तुलना गरिएको हो भन्ने कुरा पर्याप्त रूपमा विचार गरेका थिएनन्।

विशेष गरी, सातामा तीन सर्भिङ आलु (उमालेको, बेक गरेको वा मुछिएको) खाँदा मधुमेहको जोखिम ५  प्रतिशत मात्र बढेको पाइएको छ। तर सातामा तीन सर्भिङ फ्रेन्च फ्राइज खाँदा यो जोखिम २० प्रतिशतले बढेको छ।

रोचक कुरा के छ भने, तीन सर्भिङ फ्रेन्च फ्राइजलाई पुरै अन्न (होल ग्रेन) बाट बनेका परिकारले प्रतिस्थापन गर्दा मधुमेहको जोखिम १९ प्रतिशतले घटेको पाइएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!