किन लामखुट्टेले तपाईँलाई नै बढी टोक्छ ?

काठमाडौं – तपाईँलाई पनि लाग्दछ कि ‘मलाई त अरु व्यक्ति भन्दा लामखुट्टेले धेरै बढी टोक्छ!’ भने, त्यसको एक वैज्ञानिक कारण हुन सक्छ । पछिल्ला अध्ययनहरू अनुसार, मानिसको रक्त समूह (ब्लड ग्रुप) नै लामखुट्टेको प्राथमिकता बन्न सक्छ। विशेष गरी ‘ओ’ र ‘बी’ ब्लड ग्रुप भएका मानिसहरू लामखुट्टेका लागि सबै भन्दा आकर्षक हुने देखिएको छ।
लामखुट्टेलाई सबै भन्दा मन पर्ने रक्त समूह ?
सन् २०१९ मा गरिएको एक अध्ययनले लामखुट्टेको टोकाई र रक्त समूह बीचको सम्बन्ध पत्ता लगाएको छ। अमेरिकन जर्नल अफ एन्टोमोलोजीमा प्रकाशित अध्ययन अनुसार, ‘ओ’ ब्लड ग्रुप भएका मानिसलाई लामखुट्टेहरूले सबै भन्दा बढी टोक्ने गर्छन् । त्यसपछि ‘बी’ ब्लड ग्रुप भएकाहरू पनि जोखिममा पर्ने देखिएको छ। यस्ता व्यक्तिहरूलाई विशेष गरी बरसातको मौसममा लामखुट्टेबाट विशेष सतर्कता अपनाउनु आवश्यक हुन्छ, किन भने यो समय डेंगु र औलो लगायतका लामखुट्टेको टोकाईबाट हुने संक्रमण बढी हुने समय हो।
लामखुट्टे किन आकर्षित हुन्छन ?
यसको पछाडि ‘सिक्रिटर स्टाटस’ भन्ने अवधारणा छ। अध्ययन अनुसार करिब ८५ प्रतिशत मानिसको छालाबाट ब्लड ग्रुप सँग सम्बन्धित रासायनिक संकेतहरू निस्कने गर्छन्, जसले लामखुट्टेलाई आफ्नो ‘रुचि’ पहिचान गर्न सजिलो बनाउँछ। लामखुट्टे ती गन्ध वा रसायन प्रति आकर्षित हुने गर्छन्।
अन्य कारण: मदिरा र लुगा
रक्त समूह बाहेक मदिरा सेवन गर्ने व्यक्तिलाई पनि लामखुट्टेले बढी टोक्ने गरेको पाइन्छ। यस्तै, गाढा रङको लुगा लगाउनेहरू पनि लामखुट्टेको प्राथमिकतामा पर्ने खतरा हुन्छ।
लामखुट्टे कसै लाई पनि छोड्दैन
यद्यपि ‘ओ’ र ‘बी’ ग्रुप भएका मानिस बढी जोखिममा पर्छन् भन्ने देखिए पनि, अन्य रक्त समूह भएका व्यक्तिहरू पनि पूर्ण सुरक्षित छैनन्। लामखुट्टेले कसैलाई पनि टोक्न सक्छन्। त्यसैले सबैले लामखुट्टे बाट बच्न आवश्यक सावधानी अपनाउनु जरुरी छ।
कसरी बच्ने?
- मच्छर भगाउने क्रिम वा झुल (नेट)को प्रयोग
- सरसफाइमा ध्यान दिने
- पानी जम्न नदिने
- लामखुट्टे उत्पन्न हुने स्थान हटाउने
- शरीर ढाकिने गरी हल्का रंगका लुगा लगाउने
प्रतिक्रिया दिनुहोस