अनुसन्धान

बृद्धहरूमा छालाको क्यान्सर तीव्र रूपमा फैलिँदै, पुरुषहरू महिलाको तुलनामा दोब्बर प्रभावित


काठमाडौँ – छालाको क्यान्सर अहिले विश्व भर बृद्धहरूका लागि तीव्र रूपमा बढ्दो स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ।

६५ वर्षभन्दा बढी उमेरका मानिसहरूमा यो क्यान्सरको दर चिन्ताजनक रूपमा बढिरहेको छ, जसमा पुरुषहरूको संख्या महिलाहरूको तुलनामा करिब दोब्बर रहेको अध्ययनले देखाएको छ।

चीनका वैज्ञानिकहरूले गरेको एक अन्तर्राष्ट्रिय अध्ययनमा यो चौंकाउने तथ्य पत्ता लागेको हो। यो अनुसन्धान प्रतिष्ठित जामा डर्मेटोलोजी जर्नलमा प्रकाशित गरिएको छ।

२०४ देशका विवरणहरूको विश्लेषण गर्दा २०२१ मा मात्रै बृद्ध व्यक्तिहरूमा छालाको क्यान्सरका ४४ लाख नयाँ केस दर्ता भएको उल्लेख गरिएको छ।

चीनको छोंगकिङ मेडिकल युनिभर्सिटीका विशेषज्ञहरूद्वारा गरिएको सो अध्ययनमा छालाको क्यान्सरका तीन मुख्य प्रकार, मेलानोमा, स्क्वामस सेल कार्सिनोमा र बेसल सेल कार्सिनोमाका सन १९९० देखि २०२१ सम्मका तथ्याङ्कहरूको गहिरो विश्लेषण गरिएको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!