स्वास्थ्य पत्रकार पदमराज जोशी सहित ६ जना प्रेस काउन्सिलको बोर्ड सदस्यमा नियुक्त

काठमाडौँ – हेल्थ टुडेका सम्पादक तथा वरिष्ठ स्वास्थ्य पत्रकार पदम राज जोशी सहित ६ जना पत्रकारलाई प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा नियुक्त गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरीय निर्ण यमार्फत जोशी सहित बालकृष्ण अधिकारी, नकुल अर्याल, भीमलाल श्रेष्ठ, शन्ताराम विडारी र निमा काफ्लेलाई बोर्ड सदस्य नियुक्त गरेका हुन्।
नवनियुक्त सदस्यहरूले छिट्टै पद तथा गोपनीयता को शपथ लिएर कार्यभार सम्हाल्ने छन्। उनीहरूको कार्यकाल चार वर्षको हुनेछ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ अनुसार काउन्सिलमा एक जना अध्यक्षसहित ९ जना सदस्य रहने व्यवस्था छ। ती मध्ये नेपाल पत्रकार महासंघका अध्यक्ष पदेन सदस्य तथा सूचना विभागका महानिर्देशक सदस्य–सचिव हुने व्यवस्था छ।
प्रेस काउन्सिल नेपालको प्रमुख भूमिकामा पत्रकार आचार संहिताको पालनाबाट मर्यादित र जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्नु, प्रेस स्वतन्त्रताको संरक्षण गर्नु तथा सरकार र सञ्चार माध्यम बीच सेतुको भूमिका निर्वाह गर्नु पर्दछ।
को हुन् पदमराज जोशी?
२५ वर्ष भन्दा बढी समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय पदम राज जोशी प्रेस काउन्सिल नेपालका नवनियुक्त सदस्य हुन । २०३३ सालमा बैतडीको ग्वाल्लेक (हालको दशरथचन्द नगरपालिका–९) जन्मिएका जोशीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा एमफिल (दशनाचार्य) उपाधि प्रथम श्रेणीमा प्राप्त गरेका हुन्।
२०५६ सालदेखि पत्रकारितामा सक्रिय जोशी नेपाल प्रेस युनियनको केन्द्रीय लेखा समिति संयोजक समेत हुन । उनले करिब १५ वर्ष अन्नपूर्ण पोस्ट दैनिकमा वरिष्ठ उप सम्पादकको रूपमा कार्य गरेका थिए भने हाल आठ वर्षदेखि हेल्थ टुडे पत्रिकाका सम्पादकका रूपमा कार्यरत छन् ।
स्वास्थ्य पत्रकारितामा विशेष अनुभव राख्ने जोशीका आधा दर्जनभ न्दा बढी अनुसन्धानमूलक लेखहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। स्पष्ट र प्रभावशाली वक्ताका रूपमा चिनिने उनी पत्रकारिता शिक्षण र तालिम समेत प्रदान गर्दै आएका छन् । उनी हाल कोटेश्वर क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषय अध्यापन गरिरहेका छन् ।
जोशीले डब्लुएचओ ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार (२०२३), रोटरी इन्टरनेशनल हेल्थ जोर्नो अवार्ड (२०१८), उत्कृष्ट स्वास्थ्य पत्रकारिता पुरस्कार (२०२०), राधा क्यान्सर सचेतना पुरस्कार (२०२५) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस