अनुसन्धान

हरेक दिन एकै समयमा व्यायाम गर्नाले मुटु स्वास्थ्यमा विशेष फाइदा


स्वस्थ जीवनशैली कायम राख्नका लागि दैनिक व्यायाम र अन्य शारीरिक गतिविधिहरू गर्नु अपरिहार्य मानिन्छ। तर हालै अमेरिका स्थित फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरूले सार्वजनिक गरेको नयाँ अनुसन्धान अनुसार, यदि यस्ता गतिविधिहरू हरेक दिन एउटै समयमा गरिए अझ बढी लाभ मिल्नेछ । विशेषतः हृदय र फोक्सोको स्वास्थ्यका लागि।

यो अनुसन्धान ‘मेडिसिन एन्ड साइन्स इन स्पोर्ट्स एन्ड एक्सरसाईज’  नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान अनुसार स्वस्थ जीवनको लागि मात्र व्यायाम आवश्यक छैन, तर त्यसको समय पनि नियमित हुनु जरूरी छ। शरीरको प्राकृतिक घडी अनुसार तालमेलमा रहने प्रयास गर्दा दीर्घकालीन स्वास्थ्य फाइदाहरू सुनिश्चित गर्न सकिन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार, हाम्रो शरीरको ‘जैविक घडी’ ले निद्रा बिउँझने चक्र देखि लिएर शरीरका शारीरिक तथा मेटाबोलिक गतिविधिहरू लाई तालमा राख्ने काम गर्छ। यही लयमा दैनिक गतिविधि सञ्चालन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ।

फ्लोरिडा विश्वविद्यालयकी डा. करिन एसरको नेतृत्वमा गरिएको सो अध्ययनमा औसत ७६ वर्ष उमेरका ८०० जना सहभागी थिए। उनीहरूको दैनिक गतिविधि र दिनचर्याको निगरानी गरिएको थियो। साथै, कार्डियोपल्मोनरी व्यायाम परीक्षण मार्फत उनीहरूको मुटु र फोक्सोको स्वास्थ्य मूल्यांकन गरिएको थियो।

अनुसन्धानको निष्कर्षले देखाएको छ, जसको दैनिक तालिका नियमित थियो, उनीहरूको मुटु र फोक्सोको अवस्था अनियमित दिनचर्या भएकाहरू को तुलनामा धेरै राम्रो पाइयो। अर्थात हरेक दिन एकै समयमा व्यायाम वा अन्य सक्रियता र विश्राम गर्नाले शरीरको समग्र स्वास्थ्यमा सकारात्मक असर पर्छ।

अनुसन्धानकर्ताहरूले थप अध्ययनको खाँचो औंल्याएका छन, कि के यस्तो नियमितताको आधारमा भविष्यमा कुनै रोगको पूर्वानुमान गर्न सकिन्छ कि सकिँदैन।

स्वस्थ जीवनको लागि मात्र व्यायाम आवश्यक छैन, तर त्यसको समय पनि नियमित हुनु जरूरी छ। शरीरको प्राकृतिक घडी अनुसार तालमेलमा रहने प्रयास गर्दा दीर्घकालीन स्वास्थ्य फाइदाहरू सुनिश्चित गर्न सकिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!