नेपालमै पहिलो पटक बाल शल्य चिकित्सामा फेलोशिप कार्यक्रम सम्पन्न


काठमाडौं – नेपालमा पहिलो पटक बाल शल्य चिकित्सा सम्बन्धी क्लिनिकल फेलोशिप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

ईशान बाल तथा महिला अस्पतालले सुरु गरेको ‘पेडियाट्रिक सर्जिकल फेलोसिप प्रोग्राम’ अन्तर्गत डा. धन बहादुर श्रेष्ठले एक वर्षे तालिम सफलतापूर्वक पूरा गरेका छन्।

२०८१ साल वैशाख १ गते देखि २०८१ चैत ३१ सम्म सञ्चालन भएको उक्त कार्यक्रम नेपाल मेडिकल काउन्सिल द्वारा मान्यता प्राप्त पहिलो क्लिनिकल फेलोशिप हो।

उक्त कार्यक्रमको नेतृत्व अस्पतालका प्रमुख बाल शल्य चिकित्सक तथा पाठ्यक्रम संयोजक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले गरेका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!