कुरिलोःपुरुष को थकाई, कमजोरी, इनफर्टिलिटी हटाएर तागत र कामेच्छा बढाउँछ


पुरुष को स्वास्थ्य को लागि आवश्यक पर्ने प्रोटिन जस्ता तत्व हरूको खजाना रहेको यो तरकारी ती सबै पोषक तत्त्वहरू पाइन्छ, जसले शरीर को कमजोरी लाई कम गरी शक्ति बढाउँछ । कुरिलो अर्थात अंग्रेजी मा ‘एसपारागस’, र हिन्दीमा ‘शतावरी’ भनिने यो सब्जी स्वास्थ्य को लागि सबै आवश्यक पोषक तत्व ले भरिएको हुन्छ ।

यो सब्जी खास गरेर पुरुषको लागि वरदान हो । जो उनीहरूको कमजोरी हटाएर तागत , इनफर्टिलिटी (बाँझोपन) र कामेच्छा बढाउने काम गर्छ । कुरिलो लाई कामोत्तेजक रुपमा जानिन्छ । अर्थात् यसमा मर्दाना तागत बढाउने क्षमता हुन्छ । पेन्सिल आकारको यो सब्जी स्वस्थ हर्मोन बढाउँछ । यसमा कम क्यालोरी र उच्च प्रोटिन हुन्छ । यसमा भिटामिन फाइबर , फोलेट , मैगनीज , र जिंक जस्तो सबै आवश्यक तत्व हुन्छ र यो पुरुष को स्वास्थ्यको लागि आवश्यक छ ।

प्रोटिनको भँडार हो कुरिलो

यदि तपाइ मांसाहारी हुनु हुन्न भने तपाइ लागि प्रोटिन लाई लिएर चिन्ता गर्ने आवश्यकता छैन । कुरिलोमा प्रसस्त प्रोटिन पाइन्छ । युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर, फुड डाटा सेन्टरका तथ्यांक अनुसार आधा कप अर्थात करिव १०० ग्राम मा २.२ ग्राम भन्दा बढी प्रोटिन पाइन्छ । प्रोटिन शरीरको लागि तागत र ऊर्जा बढाउन आवश्यक छ ।

भिटामिन ‘ई’ को राम्रो स्रोत

भिटामिन ‘ई’ लाई यौन जीवनको लागि सबै भन्दा बढी फाइदाकारी मानिन्छ । कुरिलो मा भिटामिन ‘ई’ को धेरै बढी मात्रा हुन्छ । भिटामिन ‘ई’ ले हर्मोन उत्पादन मात्र बढाउँदैन यसले छालाको लागि समेत राम्रो काम गर्छ ।

फाइबरको खजाना हो कुरिलो

यो हरियो सब्जी फाइबर ( रेशा ) ले भरिएको हुन्छ । कुरिलो को आधा कप सेवन ले तपाई को दैनिक आवश्यकता को करिव ७ प्रतिशत फाइबर पाइन्छ । फाइबर को सेवन पुरुषको लागि आवश्यक छ । यसको कमीले शरीर सुस्त , कमजोर र बिरामी बनाउन सक्छ ।

फर्टिलिटि बढाउन सहायक कुरिलो

फोलेट को एक राम्रो स्रोत मानिन्छ, जो गर्भ धारण गर्ने प्रयास गरी रहेकी महिला को लागि एक महत्वपूर्ण पोषक तत्व हो । जर्नल अफ इमरजिङ्ग टेक्नोलजी एण्ड इनोभेटिभ रिसर्च ( जेइटिआइआर ) मा प्रकाशित एउटा अध्ययन अनुसार यो पुरुषमा फर्टिलिटि बढाउने काम समेत आउँछ । सन्तान को योजना बनाइ रहेका वा चाहना राख्ने सबै दम्पती लाई यो सब्जी सेवन गर्नु फाइदाकारी हुन्छ ।

पोटासियम को महत्वपूर्ण स्रोत कुरिलो

पोटासियम को एउटा स्रोत हो, जो रगत वाहिनी लाई आराम दिने एउटा प्रमुख खनिज हो र। यो रगतको प्रवाह मा सुधार गर्छ । रगतको प्रवाह राम्रो हुनु मुटु को स्वास्थ्य को लागि आवश्यक छ, यसको अतिरिक्त पुरुष मा इरेक्सन ( लिंगोत्थान ) कायम राख्न समेत आवश्यक छ ।

मैंगनीज र जिंक को समेत भँडार कुरिलो

सेलेनियम , मैंगनीज र जिंक को राम्रो स्रोत हो । यो सबै पोषक तत्व पुरुषको यौन स्वास्थ्य को लागि आवश्यक छ । यसको अर्थ पुरुषले नियमित रुपमा कुरिलो को सेवन गर्नु अत्यन्त फाइदाकारी हुन्छ ।

ब्लड प्रेसर कम गर्न सहयोगी

कुरिलो मा ब्लड प्रेसर अर्थात रक्त चाप नियन्त्रण गर्ने क्षमता हुन्छ । जर्नल अफ एग्रिकल्चर एण्ड फुड केमिस्ट्री प्रकाशित, जापानको कागावा न्युट्रिसियन युनिभर्सिटि को अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार कुरिलो ले मुसा मा उच्च रक्तचाप लाई कम गर्यो । अध्ययनमा निष्कर्ष निकालियो की कुरिलो मा एक यौगिक ‘एसीई’ अवरोधक को रूपमा काम गर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!