मदिरा सँगै भियाग्रा ले केही घन्टा मै रगत जम्न सक्ने, रात भर मै ज्यान जान सक्छ

भियाग्रा लाइ चिकित्सक को परामर्श विना लिनु खतरनाक हो । यसको ओभर डोज रगत को प्रवाह (ब्लड फ्लो) बढाउँछ । मदिरा संग यसको सेवन गर्नाले रगतमा थक्का जम्न सक्छ ।


भियाग्रा को चक्की सामान्य तया सेक्स पावर बढाउन लागि नपुंसकता अन्तर्गत लिंग उत्थान (इरेक्टाइल डिसफंक्शन ) को लागि खाइन्छ । यो चक्की लाइ विना चिकित्सकको सल्लाहले सेवन गर्नु हुँदैन । किनभने यसको ओभर डोज र पानी वाहेक अन्य पदार्थ सँग लिनु ले ज्यान जोखिममा पर्न सक्छ ।

हालै अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को रिसर्च कमिटिले मदिरा सँगै भियाग्राको नोक्सानको बारेमा खुलासा गरेको छ । यो रिपोर्टमा बताइएको छ की मदिरा सँगै भियाग्राको सेवन गर्नु हुँदैन ।

४१ वर्षको नागपुर का एक व्यक्तिले आफ्नो महिला मित्र सँग समय बिताउने क्रम मा मदिरा सँग भियाग्रा को सेवन गरे । अर्को दिन ती व्यक्तिको नशा फाट्नु ले मृत्यु भयो । ती व्यक्तिको गोजीमा भियाग्राको चक्की पाइए पछि यस वारे रिसर्च शुरु भएको हो ।

अनुसन्धान ले थाहा पाइयो की ती व्यक्ति ले मदिरा सँगै भियाग्राको दुई वटा चक्की सेवन गरेका थिए । अर्को दिन नै ती व्यक्ति को मस्तिष्क भित्र गम्भीर ब्लिडिङ भयो । यस पछि हर्ट एटैक भयो र ती व्यक्तिको मृत्यु भयो ।

मदिरा सँगै भियाग्रा लिए पछि ती व्यक्ति लाइ अर्को दिन देखी नै समस्या देखिन शुरु भयो । रिसर्च हरू अनुसार यो औषधि कतिपय समय तुरुन्त भने केहि मामिला मा दुइ देखी चार घन्टा पछि आफ्नो असर देखाउन थाल्छ ।

मदिरा सँग भियाग्रा लिने ४१ वर्षीय व्यक्तिलाई अर्को दिन देखी समस्या देखिन थाल्यो । ती व्यक्तिको मस्तिष्कको नशा फाटियो । ती व्यक्तिको लासको परीक्षण गर्दा ३०० ग्राम रगतको थक्का (जमेको ) देखियो । यति मात्र नभइ भियाग्रा सेवनको कारण ती व्यक्तिको मुटु देखि लिएर कलेजो र मृगौलामा को नशामा समेत रगत जमेको थियो ।

जान्नु होस् किन खतरनाक हुन्छ भियाग्रा

विज्ञहरूको अनुसार भियाग्रा सिल्डेनाफिल हो । यसलाई दीर्घकालीन फाइब्रोसिस जस्तो गम्भीर रोगमा डाक्टरको सल्लाह ले लिइन्छ । यो रगतको प्रवाह बढाउने काम गर्छ । यसको साथै उपचारको समय भियाग्रा लाइ ३० देखी १०० एमजी सम्म दिइन्छ । यो औषधिको उच्च मात्रा ले रक्तचाप बढी हुनुको साथै मुटु र मस्तिष्कमा रगतको आपूर्ति बन्द हुन्छ , यो ज्यान लिने खालको हुन्छ ।

भियाग्रा बाट हुन सक्ने साइड इफेक्ट

बिना डाक्टरको सल्लाह ले भियाग्रा लिनाले धेरै ठूलो समस्या हुन सक्छ । यसले एलर्जी सँगै आँखाको ज्योती गुम्नु, रक्त चाप देखि लिएर मुटु सँग जोडिएको समस्या लगायत हर्ट एटैकको खतरा बढ्छ । Viagra Side Effect

(अस्वीकरण–यो स्वास्थ्य सामाग्री मात्र जानकारी प्रदान गर्नको लागि हो । थप जानकारीको लागि सधैँ कुनै विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुहोस्)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!