यी दुई घरेलु उपायले डार्क सर्कल हटाउनेछ, छाला टल्किने छ

आँखा मुनि कालो घेरा छ भने अनुहारको टलक हराउँछ । अचानक मानिसको अनुहारमा बुढ्यौली र कमजोरीको निशानी देखिन थाल्छ । तर, डार्क सर्कलको उमेरसँग कुनै सम्बन्ध छैन । निन्द्राको कमी, रक्त सञ्चार कमजोर हुनु र थकानका कारण आँखा मुनि कालो घेरा आउन सक्छ। आँखा मुनि कालो घेरा हुनुको अन्य धेरै कारण समेत हुन सक्छन् ।


यदि तपाईंको आँखा मुनि कालो घेराहरू (डार्क सर्कल) देखिन्छन् र यसले तपाईंको छालाको टोन बिगारिरहेको छ भने चिन्ता नगर्नुहोस् । यी दुई घरेलु उपायले तपाईंको छालाको पुरानो चमक फिर्ता ल्याउनेछ।

आँखा मुनि कालो घेरा छ भने अनुहारको टलक हराउँछ । अचानक मानिसको अनुहारमा बुढ्यौली र कमजोरीको निशानी देखिन थाल्छ । तर, डार्क सर्कलको उमेरसँग कुनै सम्बन्ध छैन । निन्द्राको कमी, रक्त सञ्चार कमजोर हुनु र थकानका कारण आँखा मुनि कालो घेरा आउन सक्छ। आँखा मुनि कालो घेरा हुनुको अन्य धेरै कारण समेत हुन सक्छन् ।
पोषणको कमी, धूम्रपान, घामको किरणले छालामा हुने क्षति वा आनुवंशिक कारणले पनि आँखामुनि कालो घेरा आउन सक्छ। मौसम परिवर्तन, एलर्जी, चिसो र नाक बन्द हुने कारणले पनि डार्क सर्कल देखिन सक्छ। आजकल मानिसहरू घण्टौँसम्म कम्प्युटर र मोबाइलको स्क्रिनमा झुन्डिने गरेका छन । जसले गर्दा पनि आँखामुनि कालो घेरा देखिन सक्छ ।

अनुहारको रंग बिगार्ने डार्क सर्कलको समस्याबाट छुटकारा पाउन केही प्राकृतिक उपायहरू प्रयोग गर्न सकिन्छ । परम्परा देखी नै गरिदै आएको यस्ता घरेलु उपायहरू र टिप्सहरुको प्रयोग गरेर चाँडै कालो घेराबाट छुटकारा पाउन सकिन्छ ।

टिब्याग को उपयोग
आँखा वरिपरि कालो घेरा छ भने टिब्याग सबैभन्दा सजिलै उपलब्ध र प्रभावकारी तरिका हो। यसका लागि चिया बनाएपछि टिब्यागलाई फ्रिजमा राख्नुहोस् र चिसो गर्नुहोस्। जब यी टिब्याग हरू चिसो हुन्छन, त्यस पछि तिनीहरूलाई आफ्नो आँखा माथि राखेर राख्नुस् । यो एक प्रकारको चिसो सेकाइ जस्तो हुन्छ । यसरी आँखामा १५–२० मिनेट टिब्याग राख्नुहोस् । चियामा पाइने क्याफिनले यहाँका स्नायुलाई असर गर्छ भन्ने विश्वास गरिन्छ । यसले आँखा वरपरका नसाहरूमा रक्तसञ्चार सुधार गर्छ र डार्क सर्कल देखिन बन्द हुन्छ।

दूधको उपयोग
यदि तपाइ अनुहारको रङ्ग निखार्न चाहनुहुन्छ भने, दूध एक उत्तम घरेलु उपचार हो। दूधले छालाको गहिरो सफाइ गरेर अनुहारमा चमक ल्याउँछ। डार्क सर्कलको समस्याबाट छुटकारा पाउन चिसो दूधले छालामा मालिस गर्न सकिन्छ । यसले छाला को रङ्ग मात्र निखार्दैन, छालालाई पोषण समेत दिन्छ। फ्रिजमा राखिएको ३–४ चम्चा चिसो दूध लिएर आँखाको वरिपरिको छालामा लगाएर मालिस गर्नुहोस् । २०–३० मिनेट पछि पानीले भिजेको कपासले छाला सफा गर्नुहोस्। ध्यान राख्नुस् दिनहुँ प्रशस्त पानी पिउनुहोस् र राती ८ घण्टा सुत्नुस्। दैनिक आँखा वरपरको छाला चिसो पानीले धुनुहोस् र भिजेको हातले मालिस गर्नुहोस्। सधैँ सन्तुलित र स्वस्थ आहार लिनुहोस्, धूम्रपान त्याग्नुस् र सन स्क्रिन प्रयोग गर्नुहोस्

अस्वीकरण: सल्लाह सहित को यो सामग्री सामान्य जानकारी मात्र प्रदान गर्दछ। यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन। थप विवरणहरूको लागि सधैं एक विशेषज्ञ वा डाक्टरसँग परामर्श गर्नुहोस्। नेपालहेल्थप्रेसडटकम ले यस जानकारीको लागि जिम्मेवारीको दावी गर्दैन। थप स्वास्थ्य समाचारको लागि nepalhealthpress.com हेर्दै गर्नुस्


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!