अनुसन्धान

कृत्रिम बुद्धिमत्ता (एआई)को सहायताले १९ वर्ष पछि सन्तान प्राप्ति


अमेरिकामा एक दम्पतीले १९ वर्षको प्रयास पछि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा सन्तान प्राप्त गरेका छन्। द ल्यान्सेट मा यो अध्ययन प्रकाशित भएको हो, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।

अध्ययन अनुसार एआई एल्गोरिदमले २५ लाख भन्दा बढी तस्बिर स्क्यान गरेर दुई घण्टा भन्दा बढी समयको विश्लेषण पछि दुई वटा जीवित शुक्राणु पहिचान गर्न सफल भयो। ती शुक्राणु प्रयोग गरी दम्पतीले सन्तान सुख प्राप्त गरेका हुन ।

पति ३९ वर्ष र पत्नी ३७ वर्षकी रहेकी उक्त दम्पतीले यस अघि पनि अनेकौँ इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) प्रक्रिया र दुईवटा शल्यक्रिया गराइ सकेका थिए। तर सफल हुन सकेका थिएनन ।

कोलम्बिया विश्वविद्यालय फर्टिलिटी सेन्टरका निर्देशक जेफ विलियम्सका अनुसार, उनकी टोलीले स्पर्म ट्र्याकिङ एन्ड रिकभरी (स्टार) नामक विधि विकास गरेको हो। यस प्रविधिबाट उच्च गतिमा र वास्तविक समयमा शुक्राणु पहिचान र छुट्याउने काम गर्न सकिन्छ ।

यो विधिमा उच्च क्षमताको इमेजिङ प्रविधि प्रयोग गरिन्छ, जसले एक घण्टा भित्र ८० लाख भन्दा बढी तस्बिर खिचेर विश्लेषण गर्छ । शुक्राणु पहिचान भए पछि त्यस भागलाई छुट्याइन्छ र रोबोटिक प्रणाली मार्फत उपयुक्त शुक्राणु निकालिन्छ । ती शुक्राणुहरू भ्रूण निर्माणका लागि प्रयोग गर्न सकिन्छ वा भविष्यका लागि सुरक्षित राख्न सकिन्छ ।

अध्ययनले देखाएको निष्कर्ष अनुसार, स्टार विधिले अजोस्पर्मिया (शुक्राणुको अभाव हुने समस्या) भएका पुरुषहरूलाई सन्तान प्राप्तिको बाटोमा लामो समयदेखि रहेको अवरोध हटाउन मद्दत गर्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!