अनुसन्धान

छिटो हिँड्दा ४६% सम्म नियन्त्रणमा आउँछ अनियमित मुटुको धड्कन, मुटु रोगको जोखिम समेत घट्ने


छिटो हिँडाइले मुटुको अनियमित धड्कनलाई नियन्त्रण गर्न सहयोग पुग्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। चिकित्सकीय भाषामा यस अवस्थालाई ‘एट्रियल फिब्रिलेसन’ भनिन्छ । यसमा मुटुको धड्कन कहिले असामान्य रुपमा छिटो त कहिले धेरै बिस्तारै हुने गर्दछ ।

बेलायत स्थित ग्लासगो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको १३ वर्ष लामो अध्ययनले छिटो हिँडाइले यो समस्या मात्र घटाउने हैन, एट्रियल फिब्रिलेसनको जोखिम समेत ४६ प्रतिशत सम्म कम गर्न सक्ने निष्कर्ष निकालेका छन ।

यो अध्ययन ‘हार्ट’ जर्नलमा प्रकाशित भएको हो। अनुसन्धानमा बेलायतको यूके बायो बैंकमा संकलित ४ लाख २० हजार ९ सय २५ जनाको स्वास्थ्य तथ्यांक विश्लेषण गरिएको थियो । सहभागीहरूले आफैंले आफ्नो हिँडाइको गति बिस्तारै, औसत वा छिटो भनेर छुट्याएका थिए ।

छिटो हिँड्ने समूहमा एट्रियल फिब्रिलेसन जस्ता मुटुको चालको असामान्यताको खतरा ४६ प्रतिशत ले कम पाइएको छ भने औसत गतिमा हिँड्नेहरूमा यो जोखिम ३५ प्रतिशत ले घटेको थियो । तर बिस्तारै हिँड्नेहरूमा भने जोखिम अपेक्षाकृत बढी देखिएको थियो ।

१३ वर्षको अवधीमा ३६ हजार ५ सय ७४ जनामा मुटुको गतिको विभिन्न समस्या विकसित भयो,  जसमा वेंट्रिकुलर फिब्रिलेसन, अत्यधिक ढिलो धड्कन तथा अन्य  विद्युत प्रणाली सम्बन्धी गडबडीहरू समावेश थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!