अनुसन्धान

समस्यासँग जुध्न नसक्ने अवस्थाले बिर्सने रोग डिमेन्सियाको जोखिम बढाउन सक्छ: अध्ययन


बारम्बार आफ्ना समस्या समाधान गर्न नसकिएको महसुस हुनु, आत्मविश्वास घट्दै जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु वा निरन्तर मन अशान्त रहनु लाई सामान्य ठान्नु उचित नहुन सक्छ।

एक नयाँ  अध्ययनले प्रौढावस्थामा देखिने यस्ता केही मानसिक लक्षणले करिब २०–२५ वर्ष पछि डिमेन्सिया (बिर्सने रोग) को जोखिम बढाउन सक्ने चेतावनी दिएको छ।

युनिभर्सिटी कलेज लन्डनले गरेको यो अध्ययन प्रतिष्ठित मेडिकल जर्नल ‘द ल्यान्सेट साइकियाट्री’ मा प्रकाशित भएको हो, 👉 जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अध्ययनमा ५,८११ जनाको दीर्घकालीन तथ्यांक विश्लेषण गरिएको छ।

अध्ययनका अनुसार डिप्रेसनसँग सम्बन्धित छ वटा विशेष लक्षण भविष्यमा डिमेन्सियाको जोखिमसँग जोडिएका छन्। ती लक्षणमा आत्मविश्वासको कमी, समस्यासँग जुध्न नसक्ने अनुभूति, सधैं घबराहट वा तनाव अनुभव हुनु, अरू प्रति अपनत्व घट्नु, ध्यान केन्द्रित गर्न कठिनाइ हुनु र मानसिक रूपमा आफू कमजोर महसुस गर्नु पर्छन्।

यी मध्ये आत्मविश्वासको कमी र समस्यासँग जुध्न नसक्ने अवस्थालाई सबैभन्दा गम्भीर संकेतका रूपमा लिइएको छ। यस्ता लक्षण देखिएका व्यक्तिहरू क्रमशः सामाजिक गतिविधिबाट टाढिँदै जाने अध्ययनले देखाएको छ।

अध्ययन अनुसार ६० वर्ष भन्दा कम उमेरका व्यक्तिमा यी दुई प्रमुख लक्षण देखिएमा भविष्यमा डिमेन्सियाको जोखिम करिब ५० प्रतिशत सम्म बढ्न सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!