६.८ म्याग्निच्युडको भूकम्पबाट तिब्बतमा ५३ को मृत्यु, ६२ घाइते


काठमाडौँ— तिब्बतको शिगात्से शहर अन्तर्गत पर्ने डिङ्री काउन्टीमा मंगलबार बिहान ९:०५ (बेइजिङ समय) मा आएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। सिन्ह्वा समाचार एजेन्सीको अनुसार यो जानकारी क्षेत्रीय विपद् राहत मुख्यालयले पुष्टि गरेको छ।

चाईना अर्थ क्वेक नेटवर्क सेन्टर का अनुसार, भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा रहेको थियो। भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको सिन्ह्वाले जनाएको छ। क्षेत्रीय अधिकारीहरू भूकम्प पीडितहरूको उद्दार र राहत कार्यमा सक्रिय रूपमा जुटिरहेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!