‘विश्वको पहिलो मंकीपक्सको डायग्नोस्टिक किट तयार, डब्लुएचओ बाट स्वीकृति मिल्यो’


काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो आपतकालीन प्रयोग सूची प्रक्रिया अन्तर्गत पहिलो मंकीपक्स अर्थात् एमपक्स इन भिट्र्रो डायग्नोस्टिक (आइभीडी) लाई सूची बद्ध गरेको छ ।

यो एमपक्स परीक्षणमा विश्वव्यापी पहुँचमा सुधार गर्ने दिशामा एक महत्वपूर्ण पाइला हो । यस प्रक्रिया अन्तर्गत, घाउबाट स्वाब लिएर एमपक्स लाई पहिचान गर्न सकिन्छ ।

डब्ल्यूएचओले बिहीवार  एबोट लेबोरेटरीज लाई एमपक्स परीक्षण गर्न स्वीकृति दिएको छ । यो परीक्षण डब्लुएचओ द्वारा आपतकालीन प्रयोगको लागि अनुमति दिइएको छ ।

एबोट कम्पनीले बनाएको यसलाई ‘एलिनिटी एम एमपीएक्सभी एस नाम दिइएको छ । यो परीक्षण प्रक्रिया सामान्य परीक्षण भन्दा अलि फरक छ ।

यस प्रक्रिया अन्तर्गत पीडितको छालामा भएको घाउको स्वाब लिएर डीएनए पत्ता लगाइनेछ । जसले एमपक्स पत्ता लगाउन सकिन्छ ।

यो एक प्रकारको वास्तविक समयमा गरिएको पीसीआर परीक्षण हो । डब्लूएचओले घाउको नमुना लिएर शङ्कास्पद केसहरू सजिलै पत्ता लगाउन सकिने बताएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!