लाइसेन्स परीक्षामा ८८.२४ प्रतिशत फार्मासिस्ट फेल


काठमाडौं– नेपाल फार्मेसी परिषद द्वारा सञ्चालित फार्मेसीमा स्नातक गरेकाहरूको लागि नाम दर्ता परीक्षामा सहभागी मध्ये मात्र ११.७५ प्रतिशत उत्तीर्ण भएका छन् भने ८८.२४ प्रतिशत फेल भएका हुन । परिषद् द्वारा शनिवार सञ्चालित २५ औं नाम दर्ता परीक्षामा फार्मेसीमा स्नातक (बि.फार्मेसी) गरेका ८८५ जना सहभागी थिए ।

फार्मेसी परिषदका रजिस्ट्रार सञ्जीव कुमार पाण्डे का अनुसार परीक्षाका लागि ९१५ जनाले सही आवेदन दिए पनि परीक्षामा ८८५ जना मात्रै सहभागी भएका थिए । परीक्षा दिएका मध्ये १०४ जना (११.७५ प्रतिशत) पास भएका हुन् भने ७८१ जना (८८.२४ प्रतिशत) फेल भएका हुन ।

शनिवारको नतिजाले शिक्षण संघ संस्थाहरूको अवस्था जटिल रहेको र शैक्षिक गुणस्तर मा सुधार हुनु पर्ने देखाएको समेत पाण्डेले बताए ।

२५ औ लाइसेन्स परीक्षामा आवेदन दिने मध्ये विदेश विश्वविद्यालयबाट पास गरेका हरू ५९.०९ प्रतिशत छन् । यस अन्तर्गत ५८.४३ प्रतिशत भारतीय विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा अध्ययन गरेका विद्यार्थी छन् भने पाकिस्तान विश्वविद्यालयका ०.३३ प्रतिशत र बङ्गला देशका विश्वविद्यालयबाट ०.३३ प्रतिशत समेत छन् ।

लाइसेन्स परीक्षामा सहभागी हरु मध्ये नेपालका विश्व विद्यालय वाट पास गरेकाहरू ४०.९२ प्रतिशत छन् । यस अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालयको २४.१७ प्रतिशत, पोखरा विश्वविद्यालयका १०.९९ प्रतिशत, त्रिभुवन विश्वविद्यालयको ४.२४ प्रतिशत, काठमाडौं विश्वविद्यालयको १.५२ प्रतिशत छन् ।

शनिवार को लाइसेन्स परीक्षामा करिब ६५ प्रतिशत विद्यार्थी यसअघि परीक्षा दिएर उत्तीर्ण हुन नसकेकाहरू समेत रहेको पाण्डेले जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!