अनुसन्धान

निम्न आर्थिक अवस्था भएका लाई मुटु रोग, मधुमेहको जोखिम


हालै गरीएकाे एउटा अनुसन्धान अनुसार मधुमेह, डिप्रेसन (उदासी रोग), हृदय रोग र क्यान्सर को जोखिम तपाइको सामाजिक आर्थिक स्थिति मा निर्भर हुन सक्छ ।

निम्न सामाजिक, आर्थिक स्थिति भएका मानिसहरूलाई मधुमेह र हृदय रोग जस्ता जटिल रोगहरू लाग्ने सम्भावना बढी हुन्छ । तिनिहरूमा जटिल रोगहरू जस्तै रुमेटोइड गठिया, फोक्सोको क्यान्सर, डिप्रेसन जस्ता धेरै अन्य जटिल रोगहरू विकसित हुने आनुवंशिक संवेदनशीलता पनि बढी हुन्छ । यसको विपरीत, राम्रो स्थिति भएकाहरूमा स्तन र प्रोस्टेट क्यान्सरको हुने खतरा बढ्छ ।

फिनल्याण्डको हेलसिंकी विश्वविद्यालयको टोलीले गरेको अध्ययनमा यो जानकारी आएको हो । जर्मनीमा युरोपियन सोसाइटी अफ ह्युमन जेनेटिक्स मा भइ रहेको वार्षिक सम्मेलनमा करिब २ लाख ८० हजार फिनिश व्यक्तिहरूको जिनोमिक्स, सामाजिक आर्थिक स्थित, र स्वास्थ्य तथ्याङ्क माथि यो निष्कर्ष प्रस्तुत गरिएको हो ।

अध्ययन मा सिफारिस गरियो की स्क्रिनिङ प्रोटोकलहरूमा पोलिजेनिक जोखिम स्कोरहरू थप्दा धेरै रोगहरू पत्ता लगाउन मद्दत गर्दछ । पोलिजेनिक जोखिम स्कोर आनुवंशिक आधार मा कुनै व्यक्तिको रोगको जोखिम मापन गर्दछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!