अनुसन्धान

तौल घटाउन प्रयोग गरिने औषधिले पेट को पक्षाघातको जोखिम


एक अनुसन्धानले ओजेम्पिक र भेगोवी जस्ता लोकप्रिय मधुमेह र तौल घटाउने औषधिले पेटको पक्षाघात हुने खतरा रहेको खुलासा गरेको छ । पेटको पक्षाघातलाई ग्यास्ट्रोपरेसिस पनि भनिन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ, जसका कारण खाना राम्ररी पच्दैन ।

भेगोवी तौल व्यवस्थापनको लागि अमेरिकाको फुड एण्ड ड्र्रग एडमिनिस्ट्रेसन (एफडिए) द्वारा अनुमोदित छ, जबकी ओजेम्पिक टाइप २ मधुमेह रोगीहरूलाई रगतमा चिनीको ठीक स्तर कायम राख्न मद्दत गर्दछ । यद्यपि, ओजेम्पिक लाई कहिले काही तौल घटाउनको लागि पनि प्रयोग गरिन्छ ।

यो अध्ययन मे १८–२१ मा वासिङ्गटनमा आयोजित पाचन रोग सप्ताह २०२४ सम्मेलनमा प्रस्तुत गरिएको थियो । अध्ययनको निष्कर्षमा के पाइयो भने लगभग १४,६,६० वा १८ प्रतिशत रोगीहरूमा ग्यास्ट्र्रे इन्टेस्टाइनल लक्षण उत्पन्न भयो , जो ग्यास्ट्रोपेरेसिसको संकेत थियो ।

१४,६,६० रोगी हरू मध्ये ७०० ले ग्यास्ट्रिक इम्प्टिङ स्किन्टिग्राफी (जिईएस) गराए, जसले पेटको क्षमताको मूल्याङ्कन गर्न मद्दत गर्छ । टोलीले यो समूहको लगभग एक तिहाइलाई ग्यास्ट्रोपरेसिस भएको पत्ता लगायो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!