देशव्यापी खोप अभियान

पोलियो विरुद्ध दुई साते देश व्यापी आइपिभी खोप अभियान


काठमाडौं– सरकारले आइतवार दुई साता सम्म देखि देशभरिका बालबालिकाको लागि  पोलियो रोग विरुद्धको सुई वाट दिनु पर्ने आईपिभी खोप अभियान शुरु गरेको छ । यो खोप २०७३ साल वैशाख देखि २०७५ साल असोज महिना सम्म जन्मिएका करिब १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई दिइँदैछ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र को अनुसार जेठ १३ गते देखी जेठ २६ गते सम्म को लागि पोलियो रोग विरुद्धको यो आईपिभी खोप अभियान शूरु गरिएको हो ।

खोप केन्द्र र खोप अभियान सञ्चालन हुने मिति बारे विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरेर थाहा पाउन सकिने संचार केन्द्रले जनाएको छ । यस्तै यो खोप बारे थप जानकारीको लागि पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिन्छ ।

पोलियो भाइरस जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्ने भए पनि ५ वर्ष मुनी का बालबालिका बढी जोखिममा हुन्छन् । कुनै निश्चित उपचार नभएकोले पोलियो वाट पक्षाघात भई सके पछि निको हुँदैन । यो रोग विरुद्ध खोप लगाउनु नै यो रोग वाट बच्ने सबे भन्दा उत्तम उपाय हो ।

के हो आइपिभी खोप?

सुई वाट दिइने आईपिभी खोपमा मृत पोलियो भाइरस हुन्छ । यो खोपले पोलियोमाईलाईटिस वाट सुरक्षा प्रदान गर्छ । मुलुकमा आइपिभी खोप २०७१ साल देखि नियमित खोप सेवाबाट प्रदान गरिने खोप हो ।

किन सञ्चालन गरियो यो अभियान?

२०७३ वैशाख देखि २०७५ असोज सम्म विश्व बजारमा आईपिभी खोप अभाव भएको थियो । उक्त अवधिमा आइपिभी खोप लगाउन छुटेका बालबालिका पोलियो रोगको उच्च जोखिममा रहन्छ । यस्ता बालबालिकालाई आइपिभी खोप दिनु आवश्यक भएकोले हाल मुलुकमा आइपिभी खोप अभाव भएको समयमा जन्मिएका बालबालिका को लागि  खोप अभियान शुरु गरिएको हो ।

राष्ट्रिय खोप सल्लाहकार समितिको २०७९ मंसिर २५ गते को बैठकले छुट भएका बालबालिका लाई अभियानको माध्यमले एक मात्रा आईंपिभी खोप लगाउन सिफारिस गरेको हो ।

आइपिभी खोप आपूर्ति नभएको समयमा यो खोप लगाउन छुट भएका बालबालिका लाई एक मात्रा आईपिभी खोप दिएर ती बालबालिकामा पोलियो रोग विरुद्ध को प्रतिरोध क्षमता कायम गर्नु यो अभियानको लक्ष्य रहेको स्वास्थ्य मन्त्रालय ले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!