अनुसन्धान

ध्यान र आराममा केन्द्रित योगले हृदय घातको समस्या रोक्छ


एक नयाँ अध्ययनले स्वास लिने, ध्यान र आराममा केन्द्रित योगले हृदय घातका लक्षणहरूलाई उल्लेखनीय रूपमा सुधार गर्ने देखाएको छ । यो अध्ययनको नतिजा युरोपियन सोसाइटी अफ कार्डियोलोजी बैठकमा हर्ट फेल्युअर २०२४ को नाममा प्रस्तुत गरिएको थियो ।

अनुसन्धानका लेखक तथा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर), मणिपाल एकेडेमी अफ हायर एजुकेसन सँग सम्बद्ध डा अजित सिंहले हृदयघात रोक्नको लागि मात्र औषधि सेवन गर्नेहरूको तुलनामा योग समेत गर्नेहरू लाई थप फायदा भएको बताए ।

यस अघिका अध्ययनहरूले पनि हृदय घातको समस्यामा योगबाट आंशिक फाइदा हुने देखाएको थियो । तर, नयाँ अध्ययनले हृदय घातमा योगको दीर्घकालीन फाइदाहरूको बारेमा नयाँ जानकारी प्रदान गर्दछ ।

अनुसन्धान टोलीमा भारतको मणिपाल स्थित कस्तुरबा अस्पतालको कार्डियोलोजी विभागमा भर्ना भएका ३० देखि ७० वर्ष सम्मका हृदयघातका बिरामीहरू लाई सहभागी गरिएको थियो ।

८५ जना बिरामीमध्ये ४० जनालाई योग समूहमा र ४५ जनालाई गैर– योग समूहमा राखिएको थियो । योग गर्ने समूहलाई प्राणायाम, ध्यान र विश्राममा केन्द्रित योग गराइएको थियो । उनी हरूलाई एक साता घरमै ५० मिनेट योग गर्न सल्लाह दिइएको थियो ।

योग प्रशिक्षकहरूले प्रत्येक सत्र पछि प्रगति को समीक्षा गरे । त्यसपछि ६ महिना र एक वर्षपछि उनीहरूको मुटुको परीक्षण गरिएको थियो । अनुसन्धान टोली योग नगर्ने बिरामीको तुलनामा योग गर्ने सहभागीहरूको मुटुको कार्यमा उल्लेखनीय सुधार भएको पाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!