प्रकृतिको नजिक बस्दा कम हुन्छ मुटु रोग र मधुमेहको जोखिम


प्रकृति सँग समय बिताउँदा यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । नयाँ अध्ययन अनुसार प्रकृतिसँग गुण स्तरीय समय बिताउँदा सुन्न्याइको स्तर घटाउँछ, जसले मुटु रोग र मधुमेहको जोखिम कम हुन्छ ।

अनुसन्धान कर्ता हरूको निष्कर्ष हालै ब्रेन, बिहेभियर एन्ड इम्युनिटी जर्नलमा हालै प्रकाशित भएको छ । यस अघिका अध्ययनहरूमा समेत प्राकृतिक संसार लाई शारीरिक र मानसिक स्वास्थ्यको लागि राम्रो बताइएको छ । तर पछिल्लो अध्ययनमा भने यसलाई इम्फ्लमेसन, सुन्न्याइ सँग जोडेर हेरिएको छ ।

अनुसन्धान अनुसार प्रकृति सँग निर्बाध सम्बन्धले स्वतन्त्र रूपमा सुन्न्याइ को तीन फरक बायोमार्करहरूमा सकारात्मक प्रभाव पार्छ । यी तीन मार्करहरू इन्टरल्यूकिन–६ (आइएल–६), जुन एउटा साइटोकाइन हो र प्रणालीगत सुन्न्याइ प्रक्रियाको व्यवस्थापन सँग नजिकबाट जोडिएको छ ।

दोस्रो हो सी–रिएक्टिभ प्रोटीन, जो आइएल–६ र अन्य सायटोकीन को उत्तेजना प्रतिक्रिया लाई संश्लेषित गर्छ । यस्तै तेस्रो हो फाइब्रिनोजीन, जो प्लाज्मामा घुलनशील प्रोटिन हो ।

यी तीन बायोमार्करहरूमा प्रकृतिको प्रभाव मापन गरियो र अमेरिकाको कोरनेल युनिभर्सिटीका मनोविज्ञान विभागका प्राध्यापक एन्थनी ओङले यस अध्ययनले प्रकृतिको आनन्द लिदै हामी कसरी मुटु रोग र मधुमेह जस्ता सुन्न्याइ सम्बन्धी रोगहरूबाट सुरक्षा वा जोखिमलाई कम गर्न सक्छौ भन्ने देखाएको बताए ।

अनुसन्धान टोलीले अध्ययनको लागि १२४४ सहभागीहरू समावेश गरेको थियो । जसको पिसाब, खाली पेट रगतको नमुना परीक्षण गरिएको थियो । अध्ययन अनुसार हामीले प्रकृतिको काखमा कति समय बितायौं यो महत्वपूर्ण नभइ हामीले कति गुण स्तरीय समय बितायौं त्यो महत्वपूर्ण हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस