‘बाल्य कालमा उपेक्षा ले जीवनभरि समस्या निम्त्याउन सक्छ’


तपाई को व्यवहारले सानो बच्चाको कोमल दिमागमा गहिरो प्रभाव पार्छ । धेरै मानिसहरू सोच विचार नगरीकन उनीहरूको चकचक, नरखट माथि रिसाउन थाल्छन् । रिस देखेर बच्चा डराउँछ र त्यो व्यक्तिबाट टाढा रहन थाल्छ । कहिले कहीँ बच्चाहरू घरमा उपेक्षा को सिकार भएको पनि देख्न पाइन्छ । बालबालिकाको मस्तिष्कमा यसले कति लामो समय सम्म असर गर्छ भन्ने कुरा वृद्ध वृद्धाहरूले बुझ्दैनन् ।

अनुसन्धान अनुसार गलत तरिका ले गरिएको व्यवहार बच्चालाई जीवनभर समस्यामा पार्न सक्छ । यसले मानसिक सुन्याइ र प्रतिरक्षालाई पनि असर गर्न सक्छ ।

यो अध्ययन बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरू ले गरेका हुन् । यसका लागि अनुसन्धान कर्ताहरूले करिब २१ हजार मानिसको मस्तिष्कको एमआरआई रिपोर्ट अध्ययन गरेका थिए । यो अनुसन्धान जर्नल प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित भएको छ ।

अध्ययनमा ४० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरूको तथ्यांक समावेश गरिएको थियो । यसमा उनीहरूको बीएमआई, सी–रिएक्टिभ प्रोटिनको स्तर र बाल्य कालमा भएको खराब व्यवहारको बारेमा जानकारी समावेश गरिएको थियो ।

क्याम्ब्रिज विश्वविद्यालयको मनोचिकित्सा विभागका प्राध्यापक एडवर्ड बुलमोरले एमआरआई अध्ययनले बाल्य कालमा यस्तो व्यवहार को अनुभव गर्नेहरूको मस्तिष्कको संरचनामा व्यापक परिवर्तन भएको देखाएको बताए । उनले भने कि यी संरचनात्मक परिवर्तनहरूले मस्तिष्कका कोशिकाहरूलाई हुने क्षति बारे पत्ता लाग्यो, जसले तिनिहरूको कार्य प्रणाली प्रभावित भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!