‘युनिक फर्मास्युटिकल को व्यापारिक नाम ‘युनिमोल’, भएको पारासिटामोल चक्की गुणस्तर हीन’


काठमाडौं –औषधि व्यवस्था विभाग (डिडिए) ले युनिक फर्मास्युटिकल प्रालि, छाता पिपरा, बारा, वाट उत्पादित, व्यापारिक नाम ‘युनिमोल’ भएको ब्याच नम्बर विडिटी–२३६९ को पारासिटामोल चक्की लाई न्यून गुणस्तरको पाए पछि यस लाई सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न सूचना जारी गरेको छ ।

डिडिए ले औषधि फिर्ता गर्ने सम्बन्धी जारी गरेको सूचनामा विभाग वाट बजार अनुगमन गर्ने क्रममा संकलित युनिमोल औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशाला वाट परीक्षण गर्दा विडिटी–२३६९ ब्याच नम्बर भएको औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गरेको छ ।

उक्त औषधिको विक्री वितरण रोक्का गरी बजार वाट तुरुन्त फिर्ता गर्न र सो को विवरण डिडिएमा पेश गर्न युनिक फर्मास्युटिकल र तिनका प्रतिनिधिका लागि विभागले सार्वजनिक सूचना समेत जारी गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!