‘नवौँ फर्मा एक्स्पो सफल : एपोन’


चितवन– तिन दिने नबौं ‘नेपाल फर्मा एक्स्पो २०२४’ सम्पन्न भएको छ । एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।

हरेक दुई वर्षमा हुने यो एक्सपो नेपाल औषधि उत्पादक संघ (एपोन) ले २० वर्ष देखी सञ्चालन गर्दै आएको हो । एपोनका अध्यक्ष महेश प्रधानले नबौं संस्करणको एक्स्पो अत्यन्त सफल हुनुको साथै यसमा भाग लिएका प्रदर्शक र अवलोकन कर्ताहरू सन्तुष्ट भएको बताए । उनले प्रदर्शनी अन्तर्गत आयोजित गोष्ठी, सेमिनार, अन्तरक्रिया लगायतका कार्यक्रमहरू पनि निकै सफल भएको जनाउँदै एक्स्पो सफल बनाउने हरेक किसिमले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

एपोनका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा स्वदेशी तथा विदेशी पाहुना सहित एपोन सदस्यहरूले राम्रो आतिथ्यता प्राप्त गरेको जनाउँदै सम्वद्ध सबै निकाय लाई धन्यवाद समेत दिए ।

तेश्रो दिन आइतबार समेत एक्सपो हेर्न आउनेको घुँइचो लागेको देखिएको जनाउदै एपोनका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बराल एक्स्पो ले आम जनसमुदाय लाई नेपालमा समेत गुण स्तरीय औषधि निर्माण भइ रहेको देखाएको, सिकाएको र बुझाएको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!