‘औषधि उत्पादनमा आत्म निर्भरता र निर्यात तर्फ बढ्दै नेपाली उद्योग’

‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ मूल नाराका साथ चितवनमा तीन दिने ‘नवौं फर्मा एक्स्पो २०२४’ सुरु


चितवन – नेपालमा उत्पादन हुने औषधिहरू अन्य मुलुकको दाँचोमा कुनै पनि हालतमा कम नरहेको  औल्याउँदै विज्ञहरूले मुलुक को औषधि उद्योग तेस्रो अवस्थामा रहेको बताएका छन ।

नेपाल औषधि उत्पादक संघ (एपोन) द्वारा भरतपुरमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ आयोजित तीन दिने ‘नवौं फर्मा एक्स्पो २०२४’ को शुक्रबार उद्घाटन समारोह मा एपोनका अध्यक्ष महेश प्रधानले उक्त कुरा बताएका हुन् ।

हाल नेपालको औषधि उद्योग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कुशल उत्पादन अभ्यास (जीएमपी) बाट गुज्रिरहेको जनाउँदै प्रधानले भने – ‘हामीले औषधी उत्पादन को क्षेत्रमा प्राप्त गर्नुपर्ने दुई अवस्था अझ बाँकी नै छ । यस अन्तर्गत चौथो अवस्था मा आत्म निर्भरता र पाँचौ अवस्थामा नेपाल बाट उत्पादित औषधि बिदेश निर्यात गर्ने  हो।‘ एपोन अध्यक्षले नेपाल का औषधि उद्योग लाई आत्म निर्भरता को अवस्थामा पुर्‍याउन सबै सबैको सहयोग आवश्यक रहेको बताए ।

नेपालको औषधि उद्योगले हाल सम्म ६०-७० अरब लगानी गरेको र ४० देखि ५० हजार जना लाई प्रत्यक्ष रोजगारी दिएको समेत उनले बताए । यति मात्र नभए बर्सेनी सरकार लाई करको रुपमा औषधी उद्योगले ८ देखि १० अर्ब रुपैयाँ सम्म दिने गरेको उल्लेख गरे। 

एपोन अध्यक्ष प्रधानले सरकारले सहयोग नगरे सम्म औषधि उद्योग अगाडि बढ्न नसक्ने समेत जनाए।एक्सपो उद्घाटन समारोहमा स्वास्थ्य मन्त्रालय का अतिरिक्त सचिव डा.विकास देवकोटा ले औषधि उद्योग सँग मानवता जोडिएकोले यो अन्य उद्योग भन्दा फरक रहेको बताए । डा. देवकोटाले मुलुक औषधि मा आत्मनिर्भर हुँदै गर्दा नेपालको भूगोल, परिवेश, हावा पानी मा हुने रोगहरु लाई  काम लाग्ने औषधि उत्पादन गर्नुपर्ने समेत जनाए । 

औषधि ऐन नयाँ ल्याउन थालिएको जनाउँदै डा. देवकोटा ले एक्स्पो जस्ता फोरम बाट छलफल गरेर केही निकास निकाल्नुपर्ने समेत औल्याए । 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल ले सरकारले कुनै न कुनै किसिमले नेपाली औषधि उद्योगलाई सहयोग गरिरहेको बताए ।

एपोनका निवर्तमान अध्यक्ष प्रज्वल जंग पाण्ड ले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पुर्‍याउन सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने बताए । 

एपोनका पूर्व अध्यक्ष उमेश लाल श्रेष्ठले खुल्ला अर्थतन्त्रमा मूल्य नियन्त्रित नहुने भन्दै नेपाल को खुल्ला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए । उनले मूल्य बजारले नै निर्धारण गर्ने जनाए । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की ले औषधि उद्योगलाई दिगो बनाउन चुनौति रहेको बताए । उनले औषधि उद्योगलाई दिगो बनाउन का लागि नीति भन्दा पनि नियत खराब रहेकोले फस्टाउन समस्या रहेको जनाए । 

आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डे, नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्स का भक्त हमाल लगायतले समेत कार्यक्रम मा आफ्नो विचार राखेका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!