व्यायाम बढाएर प्रोस्टेट क्यान्सर को जोखिम ३५ प्रतिशत सम्म कम गर्न सकिन्छ


मुटु र फोक्सो बलियो बनाउने व्यायाम ले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सक्ने नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानका अनुसार हरेक वर्ष ३ प्रतिशत वा सो भन्दा बढी फिटनेस स्तर बढाउदा प्रोस्टेट क्यान्सरको जोखिम ३५ प्रतिशत सम्म कम हुन्छ ।

ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित याे यो अनुसन्धान मा ५७ हजार ६ सय ६२ पुरुषहरू समावेश गरिएका थिए । शोध कर्ताहरूले उनीहरूको शारीरिक गतिविधि, जीवन शैली, स्वास्थ्य, शरीरको तौल र उचाइको तथ्याङ्क सङ्कलन गरेका थिए ।

साथै उनीहरूको कम्तीमा दुई कार्डियोरेस्पिरेटरी फिटनेस परीक्षणहरू समेत गरिएको थियो यी परीक्षणहरूमा पुरुषहरूलाई एउटा स्थिर साइकलमा पैडल हान्नु पर्थ्यो । उनीहरूको शरीरले जति धेरै अक्सिजन उपयोग गर्थ्यौ, त्यति नै उनीहरूको फिटनेस राम्रो मानिन्थ्यो ।

अध्ययनको क्रममा, करिब ७ सालको अवधि मा ५ सय ९२ पुरुषहरू (कुल नमूनाको १ प्रतिशत) मा प्रोस्टेट क्यान्सर निदान गरिएको थियो र ४६(०.०८ प्रतिशत) को यस रोगबाट मृत्यु भयो ।

अनुसन्धान अनुसार फिटनेस स्तरमा हरेक वर्ष हुने वृद्धिले प्रोस्टेट क्यान्सरको जोखिम २ प्रतिशत कम हुन्छ । तर मृत्युदरमा यसको कुनै प्रभाव पर्दैन । यो उमेर, शिक्षाको स्तर, परीक्षणको वर्ष, तौल (बीएमआइ) र धूम्रपान गर्ने बानी जस्तो कारक लाई ध्यानमा राख्दै भनिएको छ ।

अध्ययन अनुसार जसको फिटनेस प्रति वर्ष ३ प्रतिशत वा त्यो भन्दा बढि बढ्यो तिनिहरूमा प्रोस्टेट क्यान्सर हुने खतरा ती व्यक्तिको दाँजो मा ३५ प्रतिशत कम थियो जसको फिटनेस कम भएको थियो ।

यद्यपि, शोध कर्ताहरूले जोड दिए कि यो एक अवलोकन अध्ययन हो, र त्यसैले यो कारण –कार्य सम्बन्ध स्थापित गर्न सक्दैन । साथै, उनले आनुवंशिक कारकहरूले व्यक्तिको मुटु र फोक्सो (कार्डियो रेस्पिरेटरी) को फिटनेस र क्यान्सर को जोखिम दुवैमा ठूलो भूमिका खेल्ने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!