हल्का व्यायामले बाल्य कालको मोटो पना घटाउन मद्दत गर्छ


बाल्य कालको मोटो पनको युवावस्था सम्म कम शारीरिक गतिविधि सँग गहिरो सम्बन्ध छ । एक अनुसन्धानले देखाएको छ कि हल्का व्यायामले यसलाई पूर्ण रूपमा निको पार्न मद्दत गर्न सक्छ ।

नेचर कम्युनिकेसनमा प्रकाशित यो अध्ययन सन् १९९० को दशकमा ब्रिस्टल विश्वविद्यालयका बालबालिकाको तथ्यांक प्रयोग गरेर शारीरिक गतिविधि र फ्याट मास मापन गर्ने सबैभन्दा ठूलो र लामो फलोअप कार्यक्रम हो ।

अध्ययनमा ११ वर्षीय ६ हजार ५९ बालबालिकाहरू समावेश थिए। यसमा ५३ प्रतिशत बालिका थिए । तिनिहरू २४ वर्षको उमेर सम्म ट्रयाक गरिएको थियो।

हालको अध्ययनको निष्कर्षले देखाउँछ कि मध्यम भन्दा बढी शारीरिक व्यायाम समग्र फ्याट मास कम गर्न मा हल्का शारीरिक गतिविधि भन्दा दस गुणा कम प्रभावकारी छ ।

युनिभर्सिटी अफ एक्सेटरका डा एन्ड्रयु अग्बाजेले उक्त अध्ययनको नेतृत्व गरेका थिए । उनले प्रारम्भिक जीवनमा मोटो पना रोक्न हल्का शारीरिक क्रियाकलापले सहयोगी साबित हुन सक्ने निष्कर्षमा जोड दिएका छन् ।

उनले भने कि विश्वले दैनिक औसत ६० मिनेटको मध्यम देखि तीव्र गतिको शारीरिक क्रियाकलापको मन्त्रलाई दिनको कम्तीमा तीन घण्टाको हलुको शारीरिक क्रियाकलापमा परिवर्तन गर्ने समय आएको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!