अनुसन्धानको दावी : अँगालोले तनाव कमगर्छ, पुरुषभन्दा महिलामा बढी प्रभाव

जव कोई ‘आफनो’ लाई महिलाले अँगालो हाल्छिन् भने ती व्यक्तिमा कार्टिसोल नामक तनाव हर्मोन कम उत्पादन हुन्छ । यो कुनै पुरुषले अँगालो हाल्दा हुदैन ।


नेचर जर्नल मा प्रकाशित एक अनुसन्धानको दाबी अनुसार यदि अप्ठ्यारो परिस्थिति मा कोई आफ्नो व्यक्ति ले अँगालो हाल्दा (गला मिलायो) भने तनाव कम महसुस हुन्छ। अनुसन्धान ले देखाउँछ की यस्तो महिलाको सन्दर्भमा बढी हुन्छ।

अमेरिकाको एरिजोना विश्वविद्यालयमा ७६ जनामा गरिएको उक्त अनुसन्धानमा देखिए अनुसार जव कोई ‘आफनो’ लाई महिलाले अँगालो हाल्छिन् भने ती व्यक्तिमा कार्टिसोल नामक तनाव हर्मोन कम उत्पादन हुन्छ । यो कुनै पुरुषले अँगालो हाल्दा हुदैन ।

स्मरणशक्तिको लागि तनाव कम गर्नु आवश्यक
अन्वेषकहरूका अनुसार कार्टिसोल स्मरणशक्ति प्रभाव पार्न सक्छ, जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ। जब कुनै व्यक्तिले मायाले अँगालो हाल्छ, तब अक्सिटोसिन नामक हर्मोन उत्पादन हुन्छ। यसले कार्टिसोलको प्रभावलाई कम गर्छ।

यस्तै अनुसन्धान सन् २०१८ मा पनि गरिएको थियो । त्यसमा भनिएको थियो, कुनै नकारात्मक घटनापछि कसैलाई ‘आफनो’ले अँगालो हाल्दा ती मानिसलाई राम्रो महसुस हुन्छ। वैज्ञानिकहरू यो पनि भन्छन् कि अँगालो हाल्नु अघि अगाडिको व्यक्तिलाई आवश्यक छ कि छैन भनेर बुझ्नु पनि जरुरी छ । किनकि आफू अगाडिको व्यक्तिको मनःस्थिति नै अँगालो हाल्दा यसको प्रभाव बताउन सक्छ ।

किन पुरुषको अँगालोले कार्टिसोल कम हुदैन ?
अनुसन्धानका अनुसार यसको सामाजिक कारण पनि हुनसक्छ । धेरै पुरुषहरूले अँगालो हाल्नु लाई त्यति राम्रो अनुभव गर्दैनन् । किनकि यसलाई सामाजिक रूपले पुरुषको लागि असामान्य वा अप्ठ्यारो रूपमा हेरिन्छ । अर्को कारण कुनै महिला र एक पुरुष बीचको स्पर्श गर्नु पनि हुन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!