‘नीलो फिल्टर चस्मा, मोबाइल – ल्यापटप ले आँखा मा हुने क्षति विरुद्ध प्रभावकारी छैन’


मोबाइल र ल्यापटपको अत्याधिक प्रयोग आँखाका लागि हानिकारक मानिन्छ । यस्ता साइड इफेक्टबाट बच्नका लागि तपाई ले धेरै जसो नीलो फिल्टर चस्मा लगाएका मानिसहरूलाई देख्नु भएको होला । तर, के यो साँच्चै फाइदा जनक छ ? हालैको एक अध्ययनमा, अनुसन्धान कर्ताहरूको टोलीले यो दाबीलाई अस्वीकार गरेको छ ।

अनुसन्धान कर्ताहरूको अनुसार नीलो फिल्टर भएको चस्मा आँखामा हुने क्षति कम गर्न खाँसै प्रभावकारी हुँदैन । कोक्रेन डेटाबेस अफ सिस्टेम्याटिक रिभ्युजमा प्रकाशित उक्त अध्ययनले ६ देशका १७ क्लिनिकल ट्रायलबाट सङ्कलन गरिएका ६१९ व्यक्तिको तथ्याङ्कको जाँच गरेको थियो ।

अनुसन्धान कर्ताको अनुसार स्क्रिन र अन्य कृत्रिम स्रोतहरूबाट निस्कने नीलो प्रकाशको मात्रा दिनको उज्यालोबाट निस्कने नीलो प्रकाशको एक हजारौं भाग मात्र हो । यस्तो अवस्थामा यस्तो चस्माको कुनै आवश्यकता पर्दैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!