सन २०५० सम्म जुनोटिक संक्रमण ले हुन सक्छ १२ गुणा मृत्यु


विश्वका अधिकांश महामारीहरू निम्त्याउने कारण बन्ने जुनोटिक (पशुजन्य) संक्रमणले गर्दा सन २०५० सम्म १२ गुणा बढी व्यक्तिको मृत्यु हुने आशंका छ।

ब्रिटिस मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित अमेरिकी बायोटेक्नोलोजी कम्पनी जिंकगो बायोवर्कस का अनुसन्धान कर्ताहरूले गरेको अध्ययन अनुसार जनावरबाट मानिसमा सर्ने संक्रमण जसलाई स्पिलओभर वा जुनोटिक संक्रमण भनिन्छ, वास्तवमा धेरै जसो आधुनिक महामारीको कारण रहेको छ । यस अन्तर्गत कोभीड–१९ पनि समावेश छ ।

शोध कर्ताहरूले ६० वर्षको ऐतिहासिक महामारी विज्ञान डेटाको विश्लेषण गर्दै द्रुत गतिमा बढिरहेको र बारम्बार हुने जुनोटिक संक्रमण को एउटा सामान्य प्याटर्न पत्ता लगाएको छ ।

अनुसन्धाताहरूका अनुसार जलवायु र भुमी उपयोगमा परिवर्तन को साथै जनसंख्या घनत्व र कनेक्टिभिटी मा बृद्घि ले यस्तो प्रकारको संक्रमण को आवृत्ति बढ्ने आशंका छ , जसले गर्दा भविष्यमा कोरोना जस्तो महामारी फेरी आउन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस