आयो कोरोना को नयाँ भेरिएन्ट ‘एचभी.१’, यी लक्षणहरूमा ध्यान दिनुहोस्


जति बेला कोरोनाको नाम आउँछ, मानिसको मुटुको धड्कन बढ्छ । किनभने कोरोनाले नेपाल मात्रै नभई विश्व भर करोडौँ मानिसको ज्यान लिइ सकेको थियो, यो खतरनाक भाइरस अझै विश्वबाट हटेको छैन ।

हो, हालै कोरोनाको नयाँ संस्करण (भेरिएन्ट) देखा परेको छ । अमेरिकामा कोभिडको नयाँ भेरिएन्ट एचभी.१ देखा परेको छ । यो भेरियन्ट तीव्र गतिमा फैलिदैं छ जसले चिन्ता झनै बढाएको छ ।

के हो एचभी.१ भेरिएन्ट

एचभी.१ भेरियन्ट कोरोनाको द्रुत रूपमा फैलिने भाइरस हो । यस भेरियन्टका लक्षणहरू अन्य भेरियन्टहरू सग अलि मिल्दो जुल्दो छन् । डाक्टरहरूको अनुसार यो भेरियन्ट अन्य भेरियन्टहरू सँग धेरै मिल्दो जुल्दो छ । अमेरिका स्थित सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसि) का अनुसार, नयाँ कोभीड भेरिएन्ट सेप्टेम्बरमा केसहरू बढ्न थाल्नु अघि गर्मीको मध्यमा प्रकाशमा आएको थियो । हाल, नयाँ स्ट्रेनले संयुक्त राज्य अमेरिका मा पाँच मध्ये लगभग एक केस बनाउँछ, जुन केसहरूको २० प्रतिशत बराबर हो ।

यसका लक्षणहरु के के हुन ? 

नयाँ भेरियन्टका लक्षणहरू कोरोनाभाइरस भेरियन्ट सँग धेरै मिल्दो जुल्दो छन् । त्यसैले मानिसले यसलाई सामान्य भाइरस ठान्छन् र बेवास्ता गर्छन् । तर त्यसो गर्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

लक्षण

  • शरीर दुखाइ
  • टाउको दुख्ने
  • घाटीमा खस खस
  • नाक बन्द
  • बान्ता
  • पेट दुख्ने
  • थकाइ
  • सास फेर्न समस्या

भुल वशपनि यी लक्षणहरूलाई बेवास्ता गर्नुहुँदैनकिनभने यीकोभीड–१९कोनयाँसंस्करणएचभी.१का लक्षणहरू हुन्, त्यसैले यी लक्षणहरू शरीरमा देखा पर्दा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ। यसका लक्षणहरू सामान्य रुघा खोकी सँग मिल्दोजुल्दो हुन्छ । तर, विभिन्न रोगीमा संक्रमण विभिन्न किसिमको हुनसक्छ, यस्तो अवस्थामा यी लक्षण देखिएमा यसलाई भाइरल मान्ने गल्ती गर्नुहुँदैन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!