स्वास्थ्य मन्त्रालय आयुर्वेद प्रति भ्रम छर्ने काम गरेको आरोप


काठमाडौ–नेपाल आयुर्वेद स्वास्थ्य कर्मी समाजले स्वास्थ्य मन्त्रालय द्वारा जारी विज्ञप्तिले आयुर्वेद उपचार प्रति भ्रम छर्ने काम भएको आरोप लगाउँदै यसलाई तत्काल सच्याउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालय द्वारा ‘केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामी हरूमा लेड (सिसा) विषाक्तता हुन सक्ने’ लगायतका बारे जारी प्रेस विज्ञप्ति लाई आयुर्वेद स्वास्थ्य कर्मी समाजले तत्काल सच्याउन अपिल गरेको हो ।

समाजले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति लाई ‘भ्रम छर्ने’ बताउँदै यसलाई आयुर्वेद क्षेत्रलाई धराशायी बनाउने षडयन्त्र रहेको समेत आरोप लगाएका छन् ।

समाजका अध्यक्ष गोकुल पराजुली द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा वर्षेनी सरकारले आयुर्वेद क्षेत्रमा बजेट घटाउँदै गरेकोमा समेत चिन्ता व्यक्त गरिएको छ ।

समाजले स्वास्थ्य मन्त्रालय द्वारा जारी विज्ञप्ति तत्काल सच्याउन आग्रह गर्दै यस क्षेत्र सँग सम्बन्धित विज्ञप्तिहरू प्रकाशन गर्दा सम्बन्धित विज्ञ र क्षेत्रको सल्लाह लीन समेत यस अपिल गरेको छ ।

करिब ८० प्रतिशत नेपालीले आयुर्वेद औषधोपचार गर्ने गरेको जनाउँदै नेपालीको मौलिक चिकित्सा पद्धति नै आयुर्वेद चिकित्सा रहेको समेत विज्ञप्ति मा उल्लेख छ । औषधि व्यवस्था विभागबाट आयुर्वेद औषधि दर्ता भई बजारी करण गरिएको उल्लेख गर्दै विज्ञप्तिमा यसले गर्दा गुण स्तरीय औषधि मात्र प्रयोगमा आउने गरेको जनाइएको छ ।

चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको सल्लाहमा मात्र आयुर्वेद औषधिहरूको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्तिमा आयुर्वेद औषधिहरूको अधिक सेवन गर्दा पनि त्यसको पार्श्व प्रभाव (साइड इफेक्ट) हुनी भन्ने भ्रममा नपर्न समेत भनिएको छ ।

यस्तै स्वास्थ्य संस्थामा गई चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको सल्लाहमा मात्र आयुर्वेदिक औषधि सेवन गर्नु समेत विज्ञप्तिमा सर्व साधारण सँग अपिल गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!