क्यान्सर उपचारमा प्रभावकारी हुन सक्छ जेठी मधु


युनिभर्सिटी अफ इलिनोइस शिकागोका अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनले केही विशिष्ट प्रकारका क्यान्सरको रोकथाम वा उपचारमा जेठी मधु ले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।

यो अध्ययनको निष्कर्ष ‘फर्माकोलजिकल रिसर्च जर्नल’,मा प्रकाशित छ । रकफोर्डको कलेज अफ मेडिसिनमा बायो मेडिकल विज्ञान विभागका एसोसिएट प्राध्यापक ज्ञानेश्वर मुनिरथिम र उनको अनुसन्धान टोली ले अध्ययन गरेका छन की, ‘के जेठी मधुले प्रोष्टेट क्यान्सरको रोक थाम गर्न सकिन्छ ?’, उनले जेठी मधुमा भएको ग्लाइसिरिजिन लाइ लिएर प्रयोग गरे र यसको क्लिनिकल उपयोग वारे थप अध्ययन गर्नु पर्ने समेत जनाए ।

यो अध्ययनको तथ्याङ्क विश्लेषण गर्दा के पाइयो भने ग्लाइसीरिजिन र यसको व्युत्पन्न ग्लाइसिराइर्जिन  एसिडमा सुन्नाइ प्रतिरोधि (एन्टी इन्फेलामेट्रि)  र एन्टि क्यान्सर एजेन्ट बन्ने प्रचुर सम्भावना छ । वास्तवमा जेठी मधु थुप्रै रोग निको पार्नमा प्रभावकारी छ । यसमा प्रोटिन, एन्टिबायोटिक, एन्टि अक्सिडेन्ट गुण पाइन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!