अमृत तुल्य ‘जौ’


प्राचीनकाल देखी नै भान्सा र मङ्गल कार्यमा उपयोग गरिने ‘जौ’ मनुष्यको लागि अमृत तुल्य रहेको नयाँ वैज्ञानिक अनुसन्धानहरूले समेत प्रमाणित गर्दै आएको छ ।

खाद्य विज्ञानको अनुसार जौ मा बोसो एवं नुन कम हुन्छ र यो प्राकृतिक फलाम तत्वको राम्रो स्रोत हो । क्याल्सियमको राम्रो स्रोत भएकोले यो मुटु, हाड र नङको लागि राम्रो मानिन्छ ।

यो घुलनशील रेसा (फाईवर)को सबै भन्दा राम्रो स्रोत हो । जौ को एक खुराक ( करिव आधा कप पाकेको ) मा करिव ४ ग्राम घुलनशील फाइबर अर्थात ‘विटा ग्लुकन’ हुन्छ । यो रेसा रगतमा ‘एलडीएल कोलस्ट्रोल’ अर्थात ‘नराम्रो कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ ।

जौ अतिरिक्त बोसो लाई सोसेर प्रणाली भन्दा बाहिर वगाउछ । उच्च घुलनशील रेसाको कारणले कब्जियतलाई निको पार्छ र आन्द्रा (ग्यास्ट्रो)को काम नियन्त्रित गर्न सघाउँछ
नयाँ वैज्ञानिक अनुसन्धानहरू अनुसार जौ ले युक्त आहार रगतमा चीनी (ग्लुकोज)को स्तर स्थिर गर्न सहयोग गर्छ । यो स्नायु सम्बन्धी विकार निको पार्न समेत सहयोग पुर्याउँछ

जौको नियमित उपयोगले महिलामा रजोनिवृत्ति को प्रारम्भ संग जोडिएको डिम्ब ग्रन्थी एवं मूत्र प्रणाली सँग सम्बन्धित समस्या सँग जुध्न सहयोग गर्छ ।

जौ मा केही दुर्लभ बोसो युक्त ‘एसिड’ एवं ‘एन्टि आक्सिडेन्ट’ हुन्छ जो भिटामिन ‘ई’ संग मिलेर कोशिकाको नोक्सानलाई कम गर्छ सँगै यसले गर्दा क्यान्सरको खतरा कम हुने देखिएको छ ।

अस्वीकरण: सल्लाह सहित को यो सामग्री सामान्य जानकारी मात्र प्रदान गर्दछ। यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन। थप विवरणहरूको लागि सधैं एक विशेषज्ञ वा डाक्टरसँग परामर्श गर्नुहोस्। नेपालहेल्थप्रेसडटकम ले यस जानकारीको लागि जिम्मेवारीको दावी गर्दैन।थप स्वास्थ्य समाचारको लागि nepalhealthpress.com हेर्दै गर्नुस्


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!