गर्मी यामको स्वस्थ कर पेय मही, तौल घटाउन देखि राम्रो पाचन सम्म उपयोगी


मही पिउनु का धेरै स्वास्थ्य लाभहरू छन् । पाचन शक्तिमा सुधार हुनुका साथै यसले धेरै रोगबाट पनि बचाउँछ । यसका साथै यसले छिट्टै तौल घटाउन पनि मद्दत गर्छ ।

गर्मी मौसम सुरु हुन थालेको छ । यदि गर्मी छ भने शरीरमा पानी कम हुनेछ । नचाहेर पनि यो मौसममा मानिसहरू डिहाइड्रेसन (शरीरमा पानी को कमी) को सिकार हुन थाल्छन् । यस्तो अवस्थामा डाइटिसियन होस् वा डाक्टर, सबैले सके सम्म तरल आहार लिन सल्लाह दिन्छन् ।

गर्मीबाट बच्न कोही कोल्ड ड्र्रिक (चिसो पेय) पिउने गर्छन् त कोही लस्सी । यी पक्कै पनि एक क्षणको लागि शीतलताको अनुभूति दिन्छ तर स्वास्थ्यको लागि धेरै हानिकारक पनि छन् । यसैले गर्मीको सबैभन्दा स्वस्थ पेय पदार्थको बारेमा पनि जानी राखौं ।

मही पिउनु का धेरै स्वास्थ्य लाभहरू छन् । पाचन शक्तिमा सुधार हुनुका साथै यसले धेरै रोगबाट पनि बचाउँछ । यसका साथै यसले छिट्टै तौल घटाउन पनि मद्दत गर्छ ।

पाचन राम्रो हुन्छ 

मही हाम्रो पाचन प्रणालीको लागि वरदान जस्तै हो । महीमा स्वस्थ ब्याक्टेरिया र ल्याक्टिक एसिड हुन्छ जसले पाचनमा मद्दत गर्छ र शरीरमा मेटाबोलिजमको स्तर बढाउँछ ।

तपाई फ्रेस अनुभव गर्नुहुन्छ

महीले हाम्रो शरीरलाई सबैभन्दा छिटो चिसो बनाउँछ। अप्रिल चैत देखी जेठ असार सम्मको गर्मी महिनाहरूमा हाम्रो तिर्खा मेटाउन र हाम्रो शरीरलाई शीतल बनाउन जीरा, पुदिना र नुनको साथ एक गिलास मही धेरै उपयोगी हुन्छ।

निर्जलीकरण 

मही लाई दही र पानी बाट बनाइन्छ । यसमा करिब ९० प्रतिशत पानी र पोटासियम जस्ता इलेक्ट्रोलाइट हुन्छ । महीले शरीरमा पानीको सन्तुलन कायम राख्न प्रभावकारी हुन्छ र निर्जलीकरणलाई रोक्छ ।

एसीडीटी रोक्न 

मही पिउनाले एसिडिटीको समस्याबाट छुटकारा मिल्छ । यसका साथै मही मा मरीच र अदुवा मिसाएमा महीको पोषक तत्व अझ बढ्छ । यी पोषक तत्वहरूले तपाई लाई एसिडिटीबाट राहत दिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ 

बलियो प्रतिरक्षाको लागि, स्वस्थ आन्द्रा हुनु महत्त्वपूर्ण छ । महीले आन्द्रालाई स्वस्थ राख्छ र पाचनमा सुधार गर्छ । जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ।

रक्तचाप 

यदि तपाइ नियमित रूपमा मही पिउनुहुन्छ भने, यसले तपाइको रक्तचाप पनि नियन्त्रणमा राख्छ । यो प्रायः उच्च रक्तचाप र मुटु रोगीहरूको लागि लाभदायक साबित हुन्छ । (आयुर्वेद चिकित्सक द्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!