अनुसन्धान

ठीक हुन सक्छ बिग्रिएको कलेजो, प्रत्यारोपणको आवश्यकता हुनेछ कम


नयाँ दिल्ली (ब्यूरो) – भारत, उत्तर प्रदेशको इलाहाबाद स्थित मोती लाल नेहरू राष्ट्रिय प्रविधि संस्थान (एनएनएनआइटी) का वैज्ञानिकहरूले एउटा नयाँ प्रविधि विकास गरेका छन्, जसले खराब कलेजो लाई ठीक गर्न सक्नेछ ।

यस प्रविधिमा मेसेन्काइमल स्टेम सेल्सको प्रयोग गरी हेपेटोसाइट्स बनाउने प्रक्रिया अब मात्र १४ दिनमा पूरा गर्न सकिन्छ, जुन परम्परागत विधि भन्दा आधा समयमै सम्भव भएको छ ।

यस प्रक्रियाबाट कलेजोका खराब कोशिकाहरूलाई पुनः स्वस्थ बनाउन सकिन्छ, जसले भविष्यमा कलेजो प्रत्यारोपणको आवश्यकतालाई कम गर्न सक्छ ।

यो विधि छिटो, किफायती र सुरक्षित रहेको छ । यस अनुसन्धान सम्बन्धी प्रतिवेदन ‘स्टेम सेल रिभ्यु एन्ड रिपोर्ट’ नामक प्रतिष्ठित जर्नलको हालै प्रकाशित अंकमा छापिएको छ ।

यस अनुसन्धान टोलीमा एनएनएनआइटी का निर्देशक प्रा. आर.एस. वर्मा, आइआइटी मद्रासका सन्तोष गुप्ता, नर्वे ओस्लो विश्वविद्यालयका डा. जोवाना विसेभेक सहित अन्य वैज्ञानिक हरू संलग्न रहेका छन्।

मुख्य अनुसन्धान कर्ता तथा एनएनएनआइटीका निर्देशक प्रा. वर्माका अनुसार, यो प्रविधिबाट तयार गरिएको कलेजोको संरचना प्राकृतिक कलेजो जस्तै कार्य गर्छ, जसमा स्टेम सेलहरू वृद्धि गर्न सकिन्छ । यस संरचनामा स्टेम सेल राखी कृत्रिम कलेजो को तन्तु (टिशू) विकास गर्न सकिन्छ । जसलाई स्टेम सेल आधारित नयाँ कलेजो कोशीका उत्पादन गर्न प्रयोग गर्न सकिन्छ ।

प्रा. वर्माले थपे कि भविष्यमा कलेजो फेल भएका बिरामीहरूलाई स्टेम सेल आधारित उपचार उपलब्ध गराउन सकिनेछ, जसले गर्दा लिभर ट्रान्सप्लान्टको आवश्यकता कम हुनेछ ।

मेसेन्काइमल स्टेम सेल्सको प्रयोगले कोशिकाहरूलाई बढी स्थिर र सुरक्षित बनाउँछ, जसले शरीरमा कुनै दुष्प्रभाव वा असामान्य वृद्धि (ट्युमर) हुने सम्भावनालाई न्यून पार्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!